१४ जना परिवारका सदस्यको हत्या गरी आत्महत्या
मुम्बई – एक ३५ वर्षीय व्यक्तिले आफ्ना परिवारका १४ सदस्यको हत्या गरी आत्महत्या गरेका छन् । मारिनेमा ७ बालबालिकासमेत रहेका छन् । भारतको महाराष्ट्रको थाने प्रहरीका अनुसार कसारवाडावली क्षेत्रमा उक्त घटना भएको हो । हत्या आरोपी हसनिल वारेकर रहेको प्रहरीले बताएको छ । वारेकरले पहिले आफ्ना परिवारका सदस्यहरुलाई बेहोस बनाएर ठूलो छुरीले घाँटी रेटेर हत्या गरेका थिए । मारिनेमा उनका आमा बुवा, पत्नी, दिदी–बहिनीहरु रहेका छन् । समाचार एजेन्सी एएनआइका अनुसार वारेकर छुरी हातमा लिएर झुण्डिएको अवस्थामा फेला परेका थिए । आइतबार बिहान शवहरु बरामद गरिएको थियो । घटनामा एक मात्र महिला जीवित रहेका बताइएको छ । उनको परिचय खुलाइएको छैन । उनको निजी अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको कारण नखुलाए पनि अंश विवादमा यो घटना भएको अनुमान गरिउको छ । शवहरुलाई थानेस्थित सिभिल अस्पतालमा पठाइएको थाने प्रहरीका प्रवक्ता गजनान काबडुलेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण