आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

क्याटरिङमा निगरानी गर्न अर्थमन्त्रीको निर्देशन

आइतबार, १६ फागुन २०७२, १४ : २९
आइतबार, १६ फागुन २०७२

काठमाडौँ– अर्थमन्त्री विष्णु पौडेलले अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने ‘क्याटरिङ’का सामग्रीमा सुक्ष्म निगरानी एवम् परीक्षण गर्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् । उनले उडानमा प्रयोग हुने खाद्यान्नका सामग्री ‘लोड अनलोड’ हुँदा अवैध कारोबार हुने गरेको सूचनाका आधारमा त्यसलाई नियन्त्रण गर्न आज कडा निर्देशन दिएका हुन् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयसँग सहकार्य गरेर अन्तर्राष्ट्रिय उडानका क्रममा हुने सक्ने आर्थिक अपराधलाई रोक्न भन्सार विभागलाई निर्देशन दिनुभएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

सो विषयमा अर्थमन्त्री पौडेल र संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री आनन्दप्रसाद पोखरेलसँग कुराकानी भएको थियो । क्याटरिङ लैजाने र त्यसबाट उत्पन्न हुने अनावश्यक सामग्री ‘अनलोड’ गर्ने क्रममा हातहतियार, सुन, लागु औषध, जाली नोटको कारोबारजस्ता गम्भिर अपराधका घटना हुनसक्ने आशङ्का गरिएको छ ।

अन्तर्राष्ट्रिय उडानका क्रममा हुनसक्ने त्यस्ता अवैध कार्यलाई नियन्त्रण गर्न भन्सार विभाग सधैँ सजग रहेको भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुङ्गानाले जानकारी दिए । अर्थमन्त्रीको निर्देशनपछि जहाजका लागि जाने क्याटेरिङका सामग्रीको सुक्ष्म निगरानी मा विशेष निगरानी राख्न भन्सार कार्यालयलाई निर्देशन दिइएको उनले बताए ।

महानिर्देशक ढुङ्गानाले भने, “क्याटरिङका लागि कति सामग्री गएका छन्, आउँदा कति फिर्ता भएका छन् र कुन अवस्थामा छन् भन्ने विषयमा भन्सार विभागले रेकर्ड राख्ने छ ।” क्याटरिङका माध्यमबाट भन्सार चलेका सामग्री अवैधरुपमा आयात तथा निर्यात हुनसक्ने सम्भावनाका विषयमा विशेष ध्यान दिन अर्थमन्त्रीको निर्देशन आएको उनको भनाइ छ ।

सो विषयमा विसं २०६८ र २०७१ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय सुरक्षा समितिले विशेष चासो देखाएको थियो । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप