आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुर्रा भैँसी लोप हुँदै

आइतबार, १६ फागुन २०७२, १४ : ३८
आइतबार, १६ फागुन २०७२

डडेल्धुरा– जिल्लाका विभिन्न ठाउँमा मुर्रा जातको भैँसी लोप हुन गइरहेको छ । भैँसीको व्यापार मासुका लागि बढेपछि मुर्रालगायत अन्य जातका भैँसी लोप हुँदै गइरहेका हुन् । प्रायःजसो गाउँमा भैँसीले दूध दिन छोडेपछि ठेकेदारलाई बेच्ने गरेकाले भैँसीको सङ्ख्यामा कमी आउन थालेको बेलापुर–९ का नरबहादुर साउदले बताए । बाँझो भैँसीलाई ठेकेदार रु ३० हजारदेखि रु ४० हजारमा खरिद गर्दै आइरहेका छन् ।

खरिदकर्ताले भैँसी धनगढीको अत्तरिया, नेपालगन्ज तथा भारतका सहरसम्म पु¥याउने गरेका छन् । उक्त भैँसी मासु प्रयोजनका लागि काटिने गरेको एकजना भैँसी खरिदकर्ताले बताए। भैँसीको व्यापारबाट खरिद गरेकोभन्दा दोब्बर कमाई हुने गरेको छ । छोटा खुट्टा हुने दूध धेरै दिने सानो मुर्रा जातका भैँसी मासु प्रयोजनका लागि निकासी हुन थालेपछि यी जातका भैँसी हराउन थालेको अजयमेरुका कृषक हरिलाल ऐरको भनाइ छ ।

पछिल्लो समयमा खरिदकर्ताको सङ्ख्या बढेपछि बाँझो भैँसी समेत चर्को मूल्यमा बिक्री हुन थालेपछि कृषकले एक वर्षसम्म त्यतिकै पाल्नुभन्दा नयाँ दुहुनो भैँसी खरिद गर्न उक्त भैँसीलाई बिक्री गर्ने गरेका छन् । ठेकेदारले बाहिर लगेर बेच्ने गरेकाले भैँसीका केही जात लोप हुँदै गइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप