आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

काँग्रेस महाधिवेशनपछि सरकार परिवर्तन हुन्छ : बिजुक्छे

आइतबार, १६ फागुन २०७२, १४ : ४३
आइतबार, १६ फागुन २०७२

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली काँग्रेसको महाधिवेशन पछि केपी ओली नेतृत्वको सरकार परिवर्तन हुने दाबी गरेका छन् । आईतबार रफत सञ्चार क्लबले

सुर्यविनायकमा आयोजना गरेको साक्षत्कार कार्यक्रममा बोल्दै नेता बिजुक्छेले भने, “काँग्रेसको महाधिबेशन पछि काँग्रेसकै नेतृत्वमा एमाओवादी, मधेसवादी, एमाले लगायत अन्य दलहरुको सहकार्यतामा सरकार निर्माण हुनेछ ।’

नेपाली काँग्रेसको महाधिबेशनको प्रचार प्रसारलाई हेर्दा कार्यकारी राष्ट्रपतिको अभिनय भइरहेको र एमालेभित्र सबै समकक्षी भएकाले र एमाओबादी फुटेकाले समेत काँग्रेसले कार्यकारी राष्ट्रपतिको अवधारणालाई अग्रसरता दिने उनको भनाई छ ।

प्रधानमन्त्रीको भारत भ्रमणले नेपाल र नेपालीका लागि कुनै फरकपन देखा नपरेको भन्दै बिजुक्छेले भारतसँगको सम्बन्ध सुधारका लागि ओली असफल भएको बताए । उनले भारतले इशारा नगरेसम्म तराईमा भइरहेको आन्दोलन नरोकिने पनि दाबी गरे ।

“सरकारले तराई आन्दोलनका क्रममा बिभिन्न बहाना बनाएर जसरी प्रहरी चौकी र सेना फिर्ता बोलाएर तराईको जनधनको असुरक्षा बढाएको छ त्यो सरासर गलत भएको छ,’ बिजु्क्छेले भने”।

स्थानिय निकायको निर्वाचन जति सक्यो छिटो गर्न सके त्यसले पुनर्निर्माणमा सहयोग गर्नुका साथै मधेश र जनजातीको आधा समस्या समेत सम्बोधन हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप