भक्तपुरमा प्रहरीकै आडमा बालुवा चोरी
भक्तपुर– भक्तपुर र काठमाडौंको सिमानाका रुपमा रहेको मनोहरा खोला तथा त्यस आसपासका क्षेत्रबाट प्रहरीकै आडमा व्यापक रुपमा बालुवा चोरी हुने गरेको छ ।
बालुवा चोरी हुने गरेको विषयमा स्थानीयले महानगरीय प्रहरी वृत्त थिमिमा उजुरी गर्दा प्रहरीले बेवास्ता गर्दै आएको छ । प्रहरी वृत्त थिमिकै आडमा बालुवा तस्करी हुने गरेको स्थानीयवासीले आरोप छ । मनोहरा खोलाको पेप्सीकोला र सानोठिमी जोड्ने पुलदेखि माथि अधिकांश क्षेत्रमा बालुवा चोरी हुने गरेको छ । त्यहाँबाट निकालिएको बालुवा काठमाडाँै तथा थिमिको बाटो हुँदै तस्करीले लैजाने गरेको स्थानीयवासी रामशङ्कर थापाले बताए ।
“प्रहरीले दिनरात हुने बालुवा चोरी नियन्त्रणमा बेवास्ता गर्ने गरेको छ” उनले भने । तस्करसँग बालुवा निकाल्न रोक्न आग्रह गर्दा उल्टै धम्की आउने गरेको श्रेष्ठको भनाइ छ । बालुवा चोरीका कारण मनोहरा खोला भासिनुका साथै नजिकका खेतीयोग्य जमिन समेत नष्ट भएको छ । बालुवा झिक्दा वर्षामा बाढी आएर खेतीयोग्य जमिन बगाउने गरेको छ ।
प्रहरी खोलामै जाने तर बालुवाका ट्रक भने नियन्त्रणमा लिने गरेका छैनन् । महानगरीय प्रहरी वृत्त थिमिकै बाटो भएर बालुवाकै ट्रक ओहोर–दोहोर गर्ने भए पनि प्रहरीले बेवास्ता गर्ने गरेको स्थानीयवासीको आरोप छ । खोलामा बालुवा झिक्नेलाई कारबाही गर्ने गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । प्रहरीले डोकामा बालुवा झिक्ने सामान्य व्यक्तिलाई समाउने तर ट्रकमा ओसार्नेलाई छाड्ने गरेको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण