आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोका–कोलाको नयाँ अभियान ‘टेष्ट द फिलिङ’ अनावरण

आइतबार, १६ फागुन २०७२, १७ : १३
आइतबार, १६ फागुन २०७२

काठमाडौं– कोका–कोलाले हरेक पललाई विशेष बनाउँछ । यही कोककोलाको ‘टेष्ट द फिलिङ’ अभियान आज काठमाडौंमा भव्यताकासाथ अनावरण गरिएको छ । ‘उत्साहका पलहरु’ विषयका साथ सिभिल मलमा अनावरण भएको कार्यक्रमले कोका–कोला पिउँदा प्राप्त हुने आनन्दलाई अझ विशेष बनाएको थियो । विभिन्न कलाकारहरुः एड्रियन प्रधान, रोहित जोन क्षेत्री, प्रज्वल मुखिया र यम बुद्धले आफ्नो शक्तिशाली प्रस्तुतीबाट दर्शकलाई रोमाञ्चित बनाएका थिए ।

विश्व अभियान, गत जनवरी १९मा नयाँ नारा टेष्ट द फिलिङ्ग का साथ पहिले पेरिसमा अनावरण भएको थियो, जसले ७ वर्ष पुरानो कोका–कोला “ओपन ह्यापिनेस” अभियानलाई प्रतिस्थापन गरेको छ । कोका–कोलासंगको विशेष आनन्द जुन द फिलिङ्ग अफ टेस्टिङ्ग इट–द टेस्ट अफ ह्यापिनेस’ संग राम्रो सित जोडिएको छ भन्ने विश्व दृष्टिकोणले दर्शाएको कम्पनीले जनाएको छ । नेपालका कोका–कोलाका कन्ट्री डिरेक्टर, आलोक कोहलीले भने, “उत्कृष्ट ब्राण्ड कोका–कोलाको नयाँ चरणका बारेमा हामी उत्साहित छौं । नेपालका आजका युवाहरु विश्व नागरिक हुन् । टेष्ट द फिलिङ्ग अभियान विषय उनिहरुकालागि सान्दर्भिक देखिन्छ । यो एउटा यस्तो कार्य जसले सम्भवत कोका–कोला ब्राण्डलाई नेपालमा परिवर्तन गर्नेछ ।” सबै कलाकारहरुले “एन्थम” मूल शिर्षक गीत “टेष्ट द फिलिङ्ग” गाएर र सबैले एकैसाथ कोका–कोला पिएर त्यो क्षणलाई विशेष र अविस्मरणीय बनाउँदै कार्यक्रमको समापन गरेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप