फिक्सिङपछि मोहमद आमिरको दोस्रो इनिङ
काठमाडौं – गत महिना न्युजिल्याण्डको अकल्याण्डस्थित इडन पार्कमा मोहमद आमिर पाकिस्तानी समर्थकहरुकै तारो बनेका थिए । म्याच फिक्सिङ प्रकरणमा दोषी भेटिएपछि ५ वर्षको सजाय काटेर आएका आमिरसँग धेरैलाई सन्देह थियो । आमिर ‘राष्ट्रद्रोही’ भएका कारण उनलाई टिमबाट खेलाउदा अन्य खेलाडीहरुको मनोबल गिर्ने थुप्रै विश्लेषकहरुको टिप्पणी रह्यो । तर शनिबार बंगलादेशको श्री बंगला रंगशालामा पाकिस्तानका क्रिकेट समर्थकहरुबाट मुखबाट भारत विरुद्धको दोस्रो इनिङग्स्मा निस्किएको एउटै आवाज थियो– ‘आमिर आमिर ।’ म्याचफिक्सिङपछि सुध्रिएको प्रदर्शनमात्रै पाकिस्तानीहरुका लागि सन्तोषको कारण थिएन । बरु, सम्पूर्ण क्रिकेट पारखीहरुबाटै त्यस्तो सम्मान पाउन आमिर लायक थिए ।
पहिलो इनिङग्स्मा भारतविरुद्ध केवल ८३ रनमा समेटिएपछि पाकिस्तानी समर्थकहरुले ठूलो आशा गर्नु बेकार थियो । तर खेल पाकिस्तानको हातबाट फुत्किसकेको अवस्थामा पनि आमिरले उत्कृष्ट खेल्दै आफ्ना कप्तानको भरोसामा न्याय गरे । पाकिस्तानी कप्तान साहिद अफ्रिदीले २३ वर्षिय आमिरलाई सुरुआतमै बलिङ गर्न पठाएका थिए । मैदान छिर्नासाथ फास्ट बलिङको नमूना कस्तो हुन्छ भनेर आमिरले भारतीयहरुलाई राम्ररी बुझाए । खेलमा उनले एकपटक १ सय ५० प्रतिघण्टाको स्पिडमा बलिङ गरे । उनले पहिलो स्पेलमा तीन विकेट लिँदै भारतलाई ८ रनमा ३ विकेटको स्थितिमा पुर्याए । अन्त्यमा आमिरको मेहिनत पर्याप्त साबित भएन । विराट कोहलीले संयमतापूर्वक ४९ रन जोडेपछि भारतले पाकिस्तानलाई ५ विकेटले हरायो । तर खेलपछि सर्वत्र आमिरकै मात्र चर्चा भयो ।
२३ वर्षका यि क्रिकेटर पछिल्लो ५ वर्ष विश्व क्रिकेटमा आफ्नै गल्तीका कारण गुमनाम थिए । खेलपछि पाकिस्तानी प्रशिक्षक वाकर यूनुसले भने–‘उनले आफ्नै गल्तिको सजाय भोगेका हुन् । त्यसैले यसमा रुनुपर्ने केही छैन् । तर निर्विवाद रुपमा उनी विश्वस्तरीय छन् र अझै उत्कृष्ट र परिस्कृत भएर फर्किएका छन् । आगामी केही वर्षमा उनी पाकिस्तानको शक्ति हुनेछन् ।’ भारतीय कप्तान महेन्द्रसिंह धोनीले पनि खेलपछि आमिरको प्रशंसा गर्न छुटाएनन् । ‘आमिर एक त्यस्ता बलर हुन् जो जसले फूल लेन्थमा बलिङ गर्छन् । मोहमद सामी त्यस्ता अर्का बलर हुन् । उनीहरुबाहेक अन्य फास्ट बलरहरुले त्यसरी फूल लेन्थमा बलिङ गर्दैनन् र त्यसलाई त्यति धेरै स्विङ पनि गर्दैनन् । त्यसैले सुरुआती स्पेल नै हाम्रा लागि धेरै कठिन क्षण रह्यो । टी–२० मा केवल ४ ओभरमात्रै बलिङ गर्न पाइन्छ । त्यसैले कप्तानलाई पनि पहिला कसलाई बलिङ गर्न पठाउने भन्ने विषयमा धेरै दबाब हुन्छ ।’ धोनीले भारत र पाकिस्तानबीचको खेल धेरै भावनासँग जोडिने भएका कारण यस्ता खेलमा राम्रो प्रदर्शन गरेपछि समर्थकहरुले खेलाडीको विगतका गल्तिहरु बिर्सने प्रतिक्रिया दिए । एक पाकिस्तानी पूर्व बलिङ प्रशिक्षकले आमिरले आफ्नो खेलको माध्यमबाट टिमका बाँकी खेलाडी तथा समर्थकहरुको भरोसा जित्नुपर्ने प्रतिक्रिया दिएका थिए । खेलपछि उनले आमिर त्यसरी विश्वास र भरोसा जित्ने दिशामा अग्रसर रहेको प्रतिक्रिया दिए ।
मोहमद् आमिरले सूरुआती ओभरमै दुई ओपनर रोहित शर्मा र अजेन्का रहाणेलाई डक गरे । सुरुआती बलमै आमिरले फालेको योर्कर रोहितको बूटको माध्यमबाट अफ स्टम्पमा ठोक्किएको भन्दै पाकिस्तानी खेलाडी उत्साहित देखिएका थिए । तर अम्पयारले रोहितलाई आउट गरेनन् । आमिरले फेरि उस्तै शक्तीशाली प्रहार गरे । यसपटक उनको प्रहारमा रोहित आउट भए । लगत्तै उनले अजेन्का रहाणे र सुरेश रैनालाई पेभेलियनको बाटो देखाए । शिखर धवनको सट्टामा भारतको ओपनिङ सम्हाल्न आएका रहाणे मोहमद आमिरको पहिलो बलमै डकआउट भएका थिए । सुरेशलाई २ ओभर ४ बलमा मोहमद आमिरले आउट गर्दासम्म भारतको खातामा केवल ८ रन थियो । त्यसपछि विराट कोहलीले भारतबाट ४९ रन बटुले । खेलमा कोहली मात्रै आमिर विरुद्ध दुई चौका प्रहार गर्ने खेलाडी रहेन । आमिरले समग्रमा ३ विकेट लिने क्रममा १८ रन खर्चिए । विराटले आमिरको १५ बल फेस गर्दै १० रन बनाएका थिए । विराटको ब्याटिङ र आमिरको बलिङ नै खेलको सर्वाधिक रोमान्चक पक्ष रह्यो । खेलपछि म्यान अफ दि म्याच विराटले आमिरलाई बधाई दिए । आमिरको बलिङ स्पेल सकिएपछि भारतीय टिमको जीत लगभग औपचारिकतामा मात्रै सिमित थियो । मोहमद सामीले विराट कोहलीलाई ४९ रनमा आउट गर्दासम्म भारत जीतका लागि केवल ८ रनबाट टाढा थियो ।
चर्चा, फिक्सिङ र पुनरागमन देब्रे हाते फास्ट बलर आमिरले पाकिस्तानका सडकमा क्रिकेट खेल्दै राष्ट्रिय टिमसम्मको यात्रा गरेका हुन् । पन्जावस्थित गुल्जार खान गाउँका आमिर वसिम अक्रमलाई आर्दश मान्छन् । २००३ मा ११ वर्षको उमेरमै उनलाई स्थानिय आमन्त्रण प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेपछि रावलपिन्डीस्थित एक स्पोर्टस् एकेडेमीमा खेल्नका लागि प्रस्ताव आयो । त्यसको चार वर्षपछि उनलाई वासिम अक्रमले फास्ट बलरका रुपमा यू–१९ क्रिकेट टोलीमा छनोट गरे । १५ वर्षिय आमिरले सन् २००७ को इंल्याण्ड तथा श्रीलंकाको भ्रमणका क्रममा उनले सबैभन्दा धेरै विकेट लिएका थिए । उनले त्यतिबेला ३ खेलमा ११ दशमलव २२ को औसतमा ९ विकेट लिए । उनले अर्को वर्ष रावलपिन्डी र्याम्सबाट घरेलु क्रिकेट खेल्दै डेब्यू सिजनमै फस्र्ट क्लास क्रिकेटमा ५५ विकेट लिए । घरेलु प्रतियोगितामा गरेको प्रदर्शनपछि उनी एकाएक पाकिस्तानमा लोकप्रिय भए । २००९ को टी–२० विश्वकप खेल्ने टोलीमा स्थान बनाउँदा आमिरको उमेर केवल १७ वर्षको थियो । टी–२० विश्वकपमा उनले इङल्याण्ड विरुद्ध समूह चरणको खेलमा आफ्नो दोस्रो बलमै रभी बोपारालाई पेभेलियनको बाटो देखाए । उनको बलमा सोबय मलिकले बोपारालाई क्याचआउट गरेका थिए । डेब्यू अन्तर्राष्ट्रिय ओभरमा उनले केवल १ रनमात्रै खर्चिए । त्यसपछि प्रत्येक खेलमा सुरुआती स्पेलमै विकेट लिदैँ उनले आफ्नो जर्बजस्त प्रदर्शन कायम राखे । उनले औसतमा १ सय ४५ प्रतिघण्टाभन्दा माथिको स्पिडमा बलिङ गरेका थिए । फाइनलमा उनले श्रीलंका विरुद्ध १ सय ५२ किलोमिटर प्रघिण्टाको स्पिडमा बलिंग गरे । फाइनलमा श्रीलंकाका ओपनर तिलकरत्ने दिलशानलाई उनकै बलमा शाहजाइब हसनले शुन्य रनमा क्याचआउट गरेका थिए । अस्टे«लिया विरुद्ध १ मेडन राखेर पाकिस्तानले सन् २०१० को विश्वकपमा ५ विकेट लिदाँ आमिरको नाममा ३ विकेट थियो । आमिरले सन् २००९ बाटै टेस्ट तथा एकदिवसीय क्रिकेटमा समेत पाइला राखे ।
म्याच फिक्सिङ प्रकरण २०१० मा इङल्याण्ड विरुद्ध लर्डस्मा भएको टेस्टका दौरान जानाजान नो बल फ्याँकेपछि उनी पाकिस्तानका अन्य दुई खेलाडी सलमान बट र मोहमद आसिफसँगै म्याच फिक्सिङ प्रकरणमा तानिए । छानविनपछि लण्डनस्थित साउथवर्क क्राउन कोर्टले सलमान बटलाई २ वर्ष ६ महिना, मोहमद आसिफलाई १ वर्ष तथा आमिरलाई ६ महिनाको जेलसजाय सुनाएको थियो । ६ महिना जेल सजाय काटेर फर्किएपछि उनले कप्तान सलमान बट र एजेन्ट मजहर माजिदका कारण यस प्रकरणमा फसेको बताएका थिए । आमिरले अली नामका एक व्यापारीले इङल्याण्ड भ्रमणका दौरान उनको बैँक खाताको जानकारी मागेको र उनले एसएमएसमार्फत बैँक खाता किन चाहियो भने प्रश्न राखेको बताएका थिए । उनका अनुसार लर्डस् टेस्टको अघिल्लो दिन मजहर माजिदले उनीसँग भेटेका थिए र त्यतिबेला सलमान बटपनि उनीसँगै थिए । त्यतिबेला नै मजहर माजिदले उनलाई म्याच फिक्सिङको शिलशिलामा आईसीसीले अलिलाई आमिरले पठाएको एसएमएस जाँच गरिरहेको बताएका थिए । आमिरले दिएको अन्तरवार्ताअनुसार छानविनबाट बच्नका लागि इङल्याण्ड विरुद्ध भोली हुने म्याचमा दुई नो बल फ्याँक्नुपर्ने सुझाव एजेन्ट माजिदले दिएका थिए । त्यसपछि अभ्यासका दौरान कप्तान सलमान बटले उनलाई नो बल फ्याँक्ने अभ्यास गर्न समेत भने । आमिरले कुनै पनि पैसा नमागेको तर अघिल्लो दिन एजेन्ट मजहर माजिदले होटलको कोठामा केही पाउन्ड दिएको प्रतिक्रिया दिएका थिए । सबै घटनापछि उनले क्रिकेटप्रति गद्धारी गरेकोमा पाकिस्तानी जनतासँग क्षमा मागेका थिए । उनले पैसाका लागि नभएर मजहर माजिद र अलीसँग भएको कुराकानी तथा सलमान बटको दबाबका कारण नो बल फ्याँकेको बताएका थिए । यस घटनालाई वल्र्ड अफ न्यूजको स्टिङ अपरेशनले कैद गरेको थियो । तर उनले स्टिङ अपरेशनका विषयमा केही थाहा नभएको बताएका थिए । यस प्रकरणपछि ५ वर्षसम्म आईसीसीको प्रतिबन्ध भोगेर आमिर गत वर्ष नै घरेलु क्रिकेटमा फर्किएका थिए । त्यसपछि पुरानै फर्मलाई उनले कायम राखेपछि उनी राष्ट्रिय टोली फेरि छनोट भए । आमिरले न्युजिल्याण्ड विरुद्धको खेलमार्फत पाकिस्तानी टोलीमा पुनरामगन गरेका थिए । उनीसँगै प्रतिबन्धमा परेका पूर्व पाकिस्तानी कप्तान सलमान बट पनि अहिले प्रतिबन्ध फूकुवापछि घरेलु क्रिकेट खेलिरहेका छन् । बटले जनवरीमा राष्ट्रिय वनडे कप खेल्दै वाप्डाबाट ७ खेलमा ५ सय ३६ रन बटुलेका थिए । उनी प्रतियोगिताको सर्वाधिक रन स्कोरर बने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पदबाट हट्न सहमत भए हंगेरीका राष्ट्रपति तमास शुल्योक
-
‘जदौ’ को शीर्ष गीत `जदौ हजुरमा´सार्वजनिक
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण