किसानले कृषिमन्त्रीसंग फोन गर्दा पैसा नलाग्ने
काठमाडौं –किसानले आफूलाई कृषिमा परेका समस्याका र सुधार गर्नुपर्ने पक्षका बारेमा कृषिविज्ञ तथा मन्त्रीसंग कुरा गर्न पाउने भएका छन् । कृषि विकास मन्त्रालयले किसान कल सेण्टर सञ्चालन गरेपछि प्रत्यक्ष समस्या राख्दा किसानको पैसा भने लाग्ने छैन । कृषि विकास मन्त्री हरिबोल प्रसाद गजुरेलले किसानको समस्या थाहापाउन र समाधान गर्ने उद्देश्यका साथ पुनः पाँच वर्षपछि सो सेन्टरको उद्घाटन गरेका हुन् । ‘कृषकको समस्या १६६००१९५०० नम्बरले समाधान गर्छ’, गजुरेलले भने, ‘अब किसानले आफ्नो व्यवसायमा आएको समस्याको समाधान गर्न कुनै कार्यालय धाउन पर्दैन, आफ्नै घरदैलोबाट टोल फ्री नम्बरमा भन्दा हुन्छ ।’ तर मन्त्रालयको मातहतको कृषि सूचना तथा सञ्चार केन्द्रले सुरु गरको टोल फ्रि नम्बरमा नेपाल टेलिकमकै नम्बर आवश्यक हुन्छ । यसअघि पनि केन्द्रले २०६७ साल फागुन र चैत महिनामा यसको प्रयोग गरिसकेको थियो। त्यसबेला कल सेन्टर सञ्चालनमा आएपनि प्राविधिक र विज्ञको असहयोगमा बन्द भएको थियो । ‘त्यतिबेला कल सेन्टर सञ्चालनमा आएको एक सातासम्म भने ५० भन्दा बढी किसानले फोनबाट आफ्नो समस्या जानकारी गराएका थिए । कृषि सूचना केन्द्रका एक कर्मचारीले रातोपाटीसंग भने ‘किसानले आफ्नो समस्या कल सेन्टरमा जानकारी गराएपनि समाधानको लागि प्राविधिक र विज्ञको सुझाव पाउने व्यवस्था हुन नसकेपछि बन्द भयो ।’ त्यतिबेलै केन्द्रले लिएको टोल फ्री नम्बर पाँच वर्षपछि ६३ हजार ५ सय रुपैयाँ जरिवाना तिरेर फेरि सञ्चालन गरेको हो । अहिले तत्कालको लागि कल सेन्टर सातामा तीन दिन ४ घण्टा संचालन हुने र त्यसपछि किसानको सहभागीता हेर्दै विस्तार गरिने केन्द्रका प्रमुख मिन प्रसाद बुढाथोकीले बताए । किसानको घरघरमा कृषि सुचनाको पँहुच पु¥याउन र किसानको पीरमर्का र समस्या सुन्दै समाधान गर्न यो ल्याइएको बुढाथोकीले बताए। व्यवसायीक कृषि, उत्पादन, बजारीकरण र रोगको विषयमा आउने समस्याको समाधान गर्ने उद्देश्य सहित यो ल्याइएको केन्द्रले जनाएको छ। साथै कृषि ऋण कसरी र कहाँबाट पाउने, के कागजपत्र र कति धितो आवश्यक पर्छ भन्ने कुरासमेत घरबाटै जानकारी लिन सक्ने केन्द्रले जनाएको छ। दुई तिहाईभन्दा बढी जनसंख्या कृषिमा आश्रित भएकाले उनीहरुको पेशालाई मर्या्दित र सम्मानजनक बनाउन कृषि कल सेन्टर आवश्यक रहेको केन्द्रको भनाइ छ । परम्परागत कृषि प्रणलीलाई आधुनिकिरण गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउन पनि किसान कल सेन्टरले सहयोग गर्ने केन्द्रको भनाइ छ। अहिले ललितपुरको सुचना तथा सञ्चार केन्द्र हरिवरभवनबाट सञ्चालन गरिएतापनि पछिका दिनमा भने आवश्यकता अनुसार प्रदेशअनुसार नै कल सेन्टर सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ। साथै केन्द्रले कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने प्रविधिको बारेमा कृषक, कृषि उद्यमी, व्यवसायी र प्रसार कार्यकर्ता लगायतका अन्य सरोकारवालाहरुलाई समेत जानकारी गराउने लक्ष्य राखेको छ । ‘अवकाश प्राप्त कृषि प्राविधिक, विश्वविद्यालयका विज्ञ एंव अनुसन्धान कर्ताको ज्ञान सिपलाई समेत किसान समक्ष पु¥याउने केन्द्रको लक्ष्य छ ।’ बुढाथोकीले भने, ‘किसानको गुनासो संकलन गरी त्यही अनुरुपको कार्यक्रम पनि थप गर्दै जाने छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
जलबिरेमा तीनवटा सवारीसाधन ठोक्किँदा २६ जना घाइते, अवरुद्ध मुग्लिङ–नारायणगढ सडक खुल्यो
-
मूल्यमा स्पेन ८० गुणा महँगो, तर सामाजिक लोकप्रियतामा अर्जेन्टिनाकै दबदबा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण