मिस नेपालहरुले गरे ह्वावेको दुई नयाँ स्मार्टफोन लञ्च
काठमाडौं – ह्वावेले दुई नयाँ स्मार्टफोन मेट ८ र जीआर ५ बजारमा ल्याएको छ । ह्वावे कन्जुमर बिज्नेस ग्रुपपले दुई नयाँ स्मार्ट फोन बजारमा भित्राएको हो । मेट ८मा किरिन ९५० चिमसेट, १६ एनएम फिनफेट प्लस चिप टेक्नोलोजी र आर्म कोर्टेक्स ए७२ प्रोसेसर रहेको छ । यसमा एण्ड्रोइड मार्समेलोको साथमा न्यू जेनेरेसनको ह्वावे इएमयुआई ४.० अपरेटिङ सिस्टम रहेको छ । विशेष डिजाइन र ८३ प्रतिशत स्क्रीन टु बडी फिट रेसियो भएको यस ह्वावे मेट ८ हालसम्म बजारमा आएका स्मार्टफोनहरु मध्येकै निकै नै कमप्याक्ट स्मार्टफोन रहेको कम्पनीको दाबी छ । मेट ८ मा फूल एच डी ६ इन्चको नेगेटिभ एलसिटी स्क्रीन रहेको छ । मेट ८ मा भएको लुक, अल्ट्रा–फाष्ट डायमण्ड ग्लास कटिङ्ग प्रविधिद्वारा निर्माण गरिएको हो । मेट ८ का उपभोक्ताहरुले हाई पफरमेन्सको मजा चाँडो ब्याट्री नगुमाई प्राप्त गर्न सक्नेछन् । यसमा ४ हजार एमएएच हाई डन्सिटी ब्याट्री जडान गरिएको छ । यसको मूल्य ७९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ । त्यस्तै कम्पनीले जीआर ५ मोडलको स्मार्टफोन पनि हालै नेपाली बजारमा लन्च गरेको छ । नवीनतम प्रविधि भएको उक्त प्रिमियम स्मार्टफोनको नेपाली बजारमा अधिक्तम मूल्य रु ३३,९९९ तोकिएको छ । गोल्ड कलरमा उपलब्ध स्टाइलिस् जीआर ५ कनेक्टिभिटी र क्रिएटिभिटीको उत्कृष्ट मिश्रण रहेको छ, जसमा प्रयोगकर्ताहरुले औंलाको माध्यमद्वारा तुरुन्तै फोन अनलक गर्न र डकुमेन्ट सेयर गर्न सक्नेछन् ।
जीआर ५ मा एड्भान्स सेकेन्ड जेनेरेसन् फिङ्गगरप्रिन्ट आइडेन्टिफिकेसन प्रयोग गरिएको छ अर्थात् यो प्रयोग गर्न निकै नै सरल, छिटो र सुरक्षित रहने छ । अल्मुनियम अलोएबाट बनेको यस आकर्षक जीआर ५ मा पूर्ण मेटल बडी रहेको छ । जीआर ५को पछाडिको भागमा पनि घम् कर्भ फिनिस हुनुको साथै यसमा भएको मेटल वायरद्वारा कोरिएको लाइनले यस फोनमा थप आकर्षण जोडेको छ ।
मोबाइल लन्चमा मिस नेपाल २०१२ सुष्टि श्रेष्ठ, फस्ट रनरअप नगमा श्रेष्ठ र सेकेन्ड रनरअप शुभेच्छा खड्का, गायक निमा रुम्बा, दीपक बज्राचार्यलगायत थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण