आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्ता छन् कांग्रेसको यस कार्यकालको अन्तिम केन्द्रीय समिति बैठकका निर्णयहरु

आइतबार, १६ फागुन २०७२, १९ : २४
आइतबार, १६ फागुन २०७२

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले केन्द्रीय पदाधिकारीको संख्या नबढाउने निर्णय गरेको छ । आइतबार बसेको यस कार्यकालको अन्तिम बैठकले पार्टीको विधान परिवर्तन नगर्ने निर्णय गर्दै पदाधिकारीको संख्या नबढाउने निर्णय गरेको हो । केन्द्रीय सदस्य प्रदीप पौडेलले दिएको जानकारी अनुसार पार्टीको महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पारित गरेको छ ।

कार्यवाहक सभापति रामचन्द्र पौडेलको सभापतित्वमा सम्पन्न बैठकले आगामी महाविधेशनका लागि तयार पारिएको पार्टीको नीति तथा कार्यक्रम पनि सामान्य संशोधनसहित पारित गरेको छ । पौडेलले पेस गर्नुभएको नीति तथा कार्यक्रमको प्रस्तावमा केन्द्रीय सदस्य र विभिन्न जिल्लाबाट प्राप्त सुझावलाई थप गरिएको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिए ।

पदाधिकारीको संख्या बढाउने प्रस्ताव पेश हुने कुरा उठे पनि बैठकमा त्यस्तो प्रस्ताव पेश भएन । पौडेलका अनुसार प्रत्येक प्रदेशबाट २–२ रहने बनाउने व्यवस्थालाई पारित गरेको छ । यसअघि प्रत्येक अञ्चलबाट १–१ केन्द्रीय सदस्य रहने प्रावधान थियो । देश संघात्मक प्रणालीमा गएपछि यसलाई परिमार्जित गरिएको हो ।

प्रदेशबाट छनोट हुने केन्द्रीय सदस्यका लागि पनि मतदान भने देशभरिका सबै महाधिवेशन प्रतिनिधिले गर्ने अर्का केन्द्रीय सदस्य राजनप्रसाद पन्तले जानकारी दिए । उनले प्रदेशबाट एक जना महिला पनि निर्वाचित गर्नुपर्ने भन्ने प्रस्ताव अनौपचारिक रुपमा आए पनि अहिले अन्य संशोधनतर्फ नलागिएकाले महिलाको कोटा थप्ने विषयमा पनि प्रवेश गरिएको बताए ।

बैठकले सङ्गठनको पुनःसंरचना र पदाधिकारी थप्ने विषय महाधिवेशनपछि हुने महासमितिको बैठकलाई दिने निर्णय पनि भएको पन्तले जानकारी दिए

कांग्रेसको केन्द्रिय समिति ८५ सदस्यीय नै रहने भएको छ ।  ढुङ्गाना नेतृत्वको समितिले छलफल गरी एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिलासहित दुई उपसभापति मनोनित, दुई महामन्त्री (एक मनोनित), एक कोषाध्यक्ष मनोनित र आवश्यकताअनुसार सहमहामन्त्रीसहितको ९७ जनाको कार्य समिति बनाउन सुझाव दिएको थियो । । अधिवेशन यथावत समयमा फागुन २० गते नै हुने निर्णय भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप