बिर्तामोडमा २५ करोडको कम्प्लेक्स उद्घाटन
बिर्तामोड - झापाको बिर्तामोडमा आधुनिक सुविधा सम्पन्न व्यवसायिक भवन ‘चम्लागाई कम्प्लेक्स’ आइतवारबाट सञ्चालनमा आएको छ । आज आइतवार एक कार्यक्रमकाबीच कम्प्लेक्सका संस्थापक लोकनाथ चम्लागाई रवीन काटेर सो कम्प्लेक्सको उद्घाटन गरे । उद्घाटनका अवसरमा कम्प्लेक्सका सञ्चालकलाई प्रेम चम्लागाई, महेन्द्र चम्लागाई र देवेन्द्र चम्लागाई उपस्थिति सबै व्यवसायीहरुलाई धन्यवाद ज्ञापन गरे । २५ करोड रुपैयाँको लागतमा निर्मित सात तले चम्लगाई कम्प्लेक्समा लिफ्ट र अग्नि नियन्त्रण प्रणालीसमेत स्थापना गरिएको छ । एउटै छानोमुनि अब ग्राहकले चाहेका र रोजेका हरेक सामग्री खरिदविक्री गर्न सक्ने गरी चम्लागाई कम्प्लेक्सले पूर्ण रुपमा सेवा दिने बताइएको छ । कम्प्लेक्समा कपडा लगायतका विभिन्न व्यवसायका साथै बैंक, सुविधा सम्पन्न आवाससहितको होटल समेत सञ्चालन हुने सञ्चालक देवेन्द्र चम्लागाईले जानकारी दिए । दुई कठ्ठा दुई धुर जग्गामा निर्मित कम्प्लेक्सभित्रै सुरक्षित पार्किङको व्यवस्था समेत मिलाइएको छ । माटो परीक्षण गरी भवन निर्माणसंहिताको पूर्ण पालना गरी १० रेक्टर स्केलसम्मको भूकम्प प्रतिरोध गर्न सक्ने क्षमता चम्लागाई कम्प्लेक्सको रहेको बताइएको छ । पूर्ण रुपमा भूकम्प प्रतिरोधी र अग्नि नियन्त्रण प्रणाली समेत व्यवस्था गरी बनाइएको चम्लागाई कम्प्लेक्समा ढुक्कले व्यवसाय सञ्चालन गर्न सक्ने सञ्चालकहरु बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’मा दर्शक बढेपछि हलले बढायो शाे
-
बाढीले क्षति पुर्याएको स्याफ्रुबेसी–रसुवागढी सडक चीनद्वारा स्तरोन्नति, बर्खामा भने हिलाम्मे (तस्बिरहरू)
-
प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव आयोजना
-
'प्रेमिकालाई नबोलाए हामफाल्छु' भन्दै ८० मिटर अग्लो टेलिकम टावरमा चढे युवक
-
सिभिल अस्पतालको कार्यकारी निर्देशक छनोटमा विवाद : दण्डित उम्मेदवार सर्टलिस्टमा परेपछि निष्पक्षतामाथि प्रश्न
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण