काँग्रेसले महाधिवेशनमा समाचार बुलेटिन प्रकाशन गर्ने
काठमाडौँ - नेपाली काँग्रेसको प्रचारप्रचार समितिअन्तर्गतको बुलेटिन उपसमितिले आसन्न १३औँ माहधिवेशनका गतिविधिको जानकारी दिने उद्देश्यले समाचार बुलेटिन प्रकाशन गर्ने भएको छ । उपसमितिले आज पूर्णता पाएसँगै बसेको पहिलो बैठकले महाधिवेशनको दैनिक गतिविधिलाई समेटेर महाधिवेशनमा बुलेटिन प्रकाशन गर्ने निर्णय गरेको उपसमितिका संयोजक तेजप्रकाश पण्डितले जानकारी दिए । बुलेटिन महाधिवेशनका गतिविधिको अभिलेखका रुपमा रहने बताइएको छ । बुलेटिनमा पार्टीको इतिहास, महाधिवेशनको नालीबेली, महाविधेशन प्रतिनिधि र जिल्ला सभापतिको नामावली विवरण, पार्टीको नीति तथा कार्यक्रमलगायतका विषय समेटिने उनले बताए । उपसमितिमा संयोजक पण्डित हुनुहुन्छ भने सदस्यमा रमेश तुफान, प्रकाश अधिकारी, सूर्यचन्द्र बस्नेत, बाला अधिकारी, भीष्मराज ओझा, शेषकान्त पण्डित, रोजी पराजुली, जगन्नाथ दुलाल र रोशन सापकोटा छन् । पार्टीको १३औँ महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म राजधानीमा हँुदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण