दुर्लभ रेडपान्डाको छालासहित झापाबाट दुई पक्राउ
झापा - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालय विर्तामोड (अनारमनी) झापाले लोपोन्मुख रेडपान्डाको दुई थान काँचो छालासहित दुई जनालाई झापाबाट पक्राउ गरेको छ । पक्राउपर्नेमा पाँचथरको फलैँचा– ९ निवासी २० वर्षीय सुकवीर राई र ताप्लेजुङ सादेवा– ४ घर भई हाल शनिअर्जुन नगरपालिका– ९ बस्दै आएका ४७ वर्षीय कमलकुमार माङमु रहेका छन् । उनीहरुलाई शनिबार बिर्तामोडको फेमिली होटलबाट पक्राउ गरी आज सार्वजनिक गर्दै जिल्ला वन कार्यालय झापालाई बुझाएको छ । एकहप्ता अगाडिमात्र मारिएको रेडपान्ड (हाब्रे) काठमाडौँ लैजाने तयारी गर्दै गर्दा विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन, २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध भएकाले उनीहरुलाई जिल्ला वन कार्यालय बुझाइएको लोहनीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण