आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वातावरण ओलम्पियाडमा उत्कृष्ठ १० प्रतिस्पर्धी छनौट

सोमबार, १७ फागुन २०७२, ०८ : २०
सोमबार, १७ फागुन २०७२

काठमाडौ–आगामी जुनमा काठमाडौंमा हुने वातावरण ओलम्पियाडका लागि उत्कृष्ठ दश प्रस्तोताहरु छनौट गरिएका छन् । वायु प्रदुषणका विभिन्न शीर्षकमा वैज्ञानिक लेख लेखेर बुझाएका विज्ञान संकायका स्नातकोत्तर तहका विद्यार्थीहरु मध्येबाट उत्कृष्ठ दश जना छनौट गरिएको हो । छनौट हुनेमा अकिंत अर्याल, राजु चौहान, रिशब नकर्मी, बिज्ञ ज्ञावाली, मनिषा पोखरेल, प्रगती बज्राचार्य, शृजना सिटिखु, रञ्जिता थापा, अभिनय श्रेष्ठ तथा स्वतान्त्र भण्डारी छन् । प्रतिस्पर्धामा उत्कृष्ट २० सहभागी मध्येबाट उनीहरु छनौट भएका हुन् । १० प्रतिस्पर्धीको लेख पुस्तकको रुपमासमेत प्रकाशन गरिने आयोजकले जनाएको छ । पहिलो चरणका १० उत्कृष्ठलाई दोस्रो चरणमा उच्च माध्यमिक विद्यालय(+२)मा अध्ययनरत करिव १ हजार विद्यार्थीमाझ आफ्ना प्रस्तुती राख्न लगाएर स्नातकोत्तर तहका विद्यार्थी मध्येबाट पहिलो, दोस्रो र तेस्रो छनौट गरिनेछ भने सहभागी +२ अध्ययनरत विद्यार्थी मध्येबाट प्रस्तुत विषयवस्तुमा केन्द्रीत रहेर सोधिएका एक सय प्रश्नमा सवैभन्दा बढी प्रश्नको सही जवाफ दिने उत्कृष्ठ तीन जना छनौट गरिनेछ । उत्कृष्ठहरुलाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्रबाट सम्मान गरिने आयोजकले जनाएको छ । वायु प्रदुषणका विषयमा जनचेतना जगाउन नेपाल साइन्स ओलम्पियाड र (Institute For Advanced Sustainability Studies (IASS) ले यो कार्यक्रम गर्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप