होटलको नाममा अवैध क्रियाकलाप संचालन गर्नेलाई छुट छैन : डिएसपी शर्मा
बर्दिबास–अपराधमुक्त बर्दिबास बनाउन बर्दिवासस्थित इलाका प्रहरी कार्यालयले यहाँका होटल तथा गेष्ट हाउस संचालकहरुसँग छलफल गरेको छ । बर्दिबास क्षेत्रका होटलहरुमा अवैध रुपमा यौनजन्य गतिविधी भइरहेको आमगुनासो आएपछि नागरिक समाज र प्रहरीले यसप्रति निगरानी बढाएको हो । सफा, स्वच्छ र सुन्दर बर्दिबास बनाउन इलाका प्रहरी कार्यालय बर्दिबास र बर्दिबास नगरपालिकाले संयुक्त रुपमा ‘सामाजिक अपराध, विकृति र विसंगति विरुद्ध हाम्रो अभियान’ नाम जनचेतना मुलक कार्यक्रमको सन्देशलाई नगरको दैलोदैलोमा पु¥याउन अभियान छेडिसकेको छ । बर्दिबास अपराधी लुक्ने हव बनिरहेको प्रति प्रहरी प्रशासनलाई चनाखो बन्नुपर्ने नागरिक समाजबाट कुरा उठेपछि बर्दिवासस्थित इलाका प्रहरी कार्यालय प्रमुखको रुपमा एकसप्ताहा अघि आएका प्रहरी नायव उपरिक्षक शालिग्राम शर्माले बर्दिबास नगरपालिका, यहाँका नगरिक समाजको सहयोगमा अभियानलाई अगाडी बढाएका छन् । होटल संचालकहरुलाई प्रनाउ शर्माले होटलमा बस्न आउने अतिथिहरुको लगबुक अनिवार्य रुपमा राख्न आग्रह गरेका छन् । यस्तै, राति साँढे ९बजेभित्र आआफ्ना होटल बन्द गरि नगरको शान्ति सुरक्षामा सहयोग गर्न होटल व्यवसायीहरुलाई प्रनाउ शर्माले आग्रह गरेका छन् । होटल व्यवसायीहरुसँगको छलफलपछि कुराकानी गर्दै इप्रकाका प्रहरी नायव उपरीक्षक शर्माले होटलको नाममा अवैध क्रियाकलाप संचालन गर्ने विरुद्ध प्रहरीले अब कडा कदम चालिसेकेको बताए । उनले भने, ‘राम्रो काम गर्नेलाई हाम्रो शुभकामना छ । कानूनलाई खिल्ली उडाउने विरुद्ध प्रहरीको कारवाही कानून अनुसार हदैसम्मको हुन्छ । कसैलाई छुट हुँदैन ।’ अलिहेका युवा पुस्ता लागुऔषधको अमली बनेकोले पुस्ता जोगाउन र देश विकास गर्न सबै मिली हातमा हात काँधमा काँध मिलाई अघि बढ्न उनले आग्रह गरे । यता होटल व्यवसायी संघ बर्दिबास महोत्तरीका महासचिव सुदिप कार्कीले अपराधमुक्त बर्दिबास बनाउने अभियानमा होटल व्यवसायी संघले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । दुई–चार होटलको कारणले बर्दिबासमा रहेका सबै होटलहरुमाथि प्रश्न चिन्ह उठेको भन्दै दुःख व्यक्त गरेका छन् । उनले भने, ‘होटल व्यवसायीहरुलाई पहिलो चरणमा हामीपनि सम्झाउँछौं । हामीलाई पनि नटेरेर गल्तिलाई पटकपटक दोह¥याइरहे कानन अनुसार कारवाहीको लागि हामी पनि प्रहरीसँग माग गर्छौं ।’ यस्तै, राती साँढे ९ बजे होटलमात्र नभएर सबै पसलहरुपनि बन्द भए शान्ति सुरक्षामा थप बल पुग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण