सिम्रिक एयरलाइन्सको विमानमा ‘बम छ’ भन्ने सूचना भेटियो, बम भने भेटिएन
काठमाडौं – बिमानमा बम रहेको सूचना आएपछि लुक्ला बिमानस्थल यतिबेला बन्द गरिएको छ । सिम्रिक एयरलाइन्सको विमानमा ‘बम छ’ भन्ने लेखिएको कागज भेटिएको थियो । सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयका सहायक सिडियो पंकज भुर्तेलका अनुसार विमानमा बम छ भन्ने हल्ला आएपछि सेना र प्रहरीलाई तत्कालै परिचालन गरिएको थियो । प्रहरीले विमानमा खान तलासी गर्दा कुनै पनि शंकास्पद वस्तु फेला नपरेको उनले जानकारी दिए । भुर्तेलले भने, ‘हामीले विमानमा बम नरहेको जानकारी दिइसकेका छौं । अब विमास्थल सुचारु गर्ने प्रयासमा छौं ।’ प्रहरीका अनुसार उक्त विमान काठमाडौंबाट लुक्ला पुगेको थियो । विमान अवतरणपछि अवतरण सामानमा ‘बम छ’ लेखिएको कागज भेटिएको थियो । नेपाली सेनाका प्रवक्ता ताराबहादुर क्षेत्रीले पनि सेनाको बम डिस्पोजल टोली स्टाण्ड बाई रहेको जानकारी दिएका थिए ।
सोलुखुम्बुका डिएस्पी माधव बुढाथोकीले भने, ‘विमानको लगेज निकाल्दा एयरहोस्टेजले बम लेखिएको चिट भेटाएकी थिइन् । त्यसपछि प्रहरीलाई खबर आयो । तत्काल हाम्रो टिमले सर्च गर्दा केही फेला परेन ।’
यता, सिम्रिक एयरका मिडिया कोर्डिनेटर प्रज्वल थापाले कागजमा विमानमा बम छ भन्ने लेखिएको चिट भेटिएको तर प्रहरीले खानतलासी गर्दा केही नभेटाएको आफूलाई जानकारी आएको बताए ।
सिम्रिक एयरका अनुसार विमान बिहान साढे ६ बजे नियिमित उडान थियो तर काठमाडौंबाट ७ः१८ मा मात्र लुक्लाका लागि प्रस्थान गरेको थियो । विमानमा १० जना यात्रु थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण