आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अन्ततः लियोनार्डोलाई ओस्कार, म्याड म्याक्सलाई ६ अवार्ड

सोमबार, १७ फागुन २०७२, ११ : ४५
सोमबार, १७ फागुन २०७२

न्युयोर्क – यअघि चारपटक अभागी बनेका हलिउड अभिनेता लियोनार्डो डिक्याप्रियोले अन्ततः आफ्नो पहिलो ओस्कार जितेका छन् । सोमबार आयोजना गरिएको भव्य समारोहबीच उनले द रेभनेन्ट चलचित्रका लागि उत्कृष्ट अभिनेताको अवार्ड हात पारेका हुन् । ‘जलवायु परिवर्तन साँचो हो,’ अवार्ड लिँदै उनले भने, ‘यो अहिले भइरहेको छ । यसबाट विश्वभरका प्राणीहरु खतरामा छन्, ... हाम्रो पृथ्वीलाई अवमूल्यन नगरौं, म आजको रातलाई त्यसरी लिन्न ।’ आफ्नो करियरमा विभिन्न अवार्ड हात पारे पनि आस्कर भने लियोनार्डोबाट सँधै टाढा रहने गरेको थियो । २० वर्षको उमेरमा नै पहिलो पटक यस अवार्डका लागि मनोनित भए पनि आजसम्म उनले ओस्कार हात पार्न सकेका थिएनन् । त्यसपछि सन् २००४ मा द एभिएर, सन् २००६ मा ब्लड डायमण्ड र सन् २०१३ मा वुल्फ अफ वाल स्ट्रीटका लागि मनोनयनमा परेका थिए ।

अलेक्जेन्ड्रो इनारिटुले द रेभेनेन्टकै लागि उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । उनले यो अवार्ड हात पारेको लगातार दोस्रो पटक हो । त्यस्तै ब्रई लार्सनले रुमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड हात पारिन् । स्पटलाइटले उत्कृष्ट चलचित्रको अवार्ड हात पार्यो ।

उत्कृष्ट सहअभिनेताको अवार्डमा पुरुष तर्फ मार्क रायलेन्सले ब्रिज अफ स्पाइज तथा महिला तर्फ एलिसिया भिकान्डेरले द ड्यानिस गर्लका लागि अवार्ड हत पारे । म्याड म्याक्स : फ्युरी रोडले ६ वटा विधामा ओस्कर हात पार्यो । चलिचित्र चलचित्र सम्पादन, साउण्ड इडिटिङ, साउण्ड मिक्सिङ, कस्ट्युम डिजाइन, प्रोडक्सन डिजाइन र मेकअप र हेयर स्टाइलिङमा उत्कृष्ट ठहरियो ।

इन्साइड आउटले उत्कृष्ट एनिमेटेड चलचित्रको अवार्ड जित्यो । गायक स्याम स्मिथले स्पेक्टर चलचित्रका लागि गाइएको राइटिङ अन द वालका लागि उत्कृष्ट गीतको अवार्ड हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप