ओस्कारमा प्रियंका र गागाले लगाइन् ८८ करोडको गहना
न्युयोर्क – ओस्कार भन्ने बित्तिकै धेरैको आँखा स्टारहरुको ग्ल्यामरस पहिरनमा जान्छ । तर, यसपटक त्यसलाई गायिका तथा नायिका लेडी गागा र बलिउडबाट हलिउडमा प्रवेश गरेकी प्रियंका चोपडाको गहनाले ओझेल पारेको छ । ८८ औं एकाडेमी अवार्डको रेड कार्पेटमा दुवै स्टारहरुले लाएका गहना यति बहुमुल्य थियो, त्यसलाई किन्ने पैसाले एउटा सानो गाउँ नै किन्न सकिन्थ्यो । सँधै क्लासिक हलिउड ग्ल्यामर अवतारमा देखिने २९ वर्षीया गागा यसपटक पनि मार्लिन मोनरो स्टाइलमा देखिएकी थिइन् । यद्यपि, यसपटक उनको पहिरनभन्दा पनि उनको ८ मिलियन डलर (लगभग नेपाली ८८ करोड) रुपैयाँ बराबरको कानको गहाना आकर्षणको केन्द्र रह्यो । लोरेन स्वार्ज को ९० क्यारेटको हिरा पहिरिएर उनी रेड कार्पेटमा देखिएकी थिइन् । उनले आफ्नो हुने वाला पतिले दिएको मुटु आकारको औंठी पनि लागएकी थिइन् । पूर्व मिस वल्र्ड ३३ वर्षीया प्रियंकाले पनि लोरेन स्वार्जकै हिराको गहना लगाएकी थिइन् । उनको ५० क्यारेटको हिराको कानको झुम्का ३.२ मिलियन डलर रहेको थियो भने १० क्यारेटको हिराको औंठीको ८ लाख ५० हजार डलरको र ८ क्यारेटको अर्को औंठीको ३ लाख अमेरिकी डलरको रहेको थियो । उनको अर्को २२ क्यारेटको एक औंठी ३.४ मिलियन डलरको रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण