आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

२० दिनमा वीरगन्ज नाकाबाट भित्रियो ४ करोड ४४ लाख लिटर इन्धन

सोमबार, १७ फागुन २०७२, १३ : ५२
सोमबार, १७ फागुन २०७२

वीरगन्ज – वीरगन्ज नाकाबाट २० दिनमा ४ करोड ४४ लाख लिटर इन्धन सहज रुपमा नेपाल भित्रिएको छ । वीरगन्ज नाकाबाट गत माघ २५ गते देखि फागुन १५ गते सम्ममा ४० हजार ४ सय ४० किलो लिटर अर्थात चार करोड ४४ लाख लिटर डिजल, पेट्रोल, मट्टितेल र हवाई इन्धन भित्रीएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत लोकराज पन्तले बताए । माघ २५ गते देखि फागुन १५ गते सम्ममा २ हजार ४ सय ५२ टयांकर भारतको बरौनी तथा रक्सौलबाट इन्धन भरेर नेपाल भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत पन्तले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार २० दिनमा पेट्रोल ९ हजार ५ सय ८ किलो लिटर अर्थात ९५ लाख आठ हजार लिटर, डिजल २४ हजार ९ सय ५ किलो लिटर अर्थात २ करोड ४९ लाख पाँच हजार लिटर, मट्टितेल ३ सय ४५ किलो लिटर अर्थात ३ लाख ४५ हजार लिटर तथा हवाई इन्धन ५ हजार ६ सय ८२ किलो लिटर अर्थात ५६ लाख ८२ हजार लिटर पेट्रोलियम पर्दाथ नेपाल भित्रिएको बताए । भारतको रक्सौलमा रहेको भारतीय आयल निगम (आईओसी) बाट १५ हजार ४ सय ८९ किलो लिटर ईन्धन वीरगञ्ज नाका भएर नेपाल भित्रिएको छ । वीरगन्ज नाकाबाट फागुन ७ गते देखि १५ गते सम्ममा १५ हजार ४ सय ८९ किलो लिटर अर्थात १ करोड ५४ लाख ८९ हजार लिटर डिजल, पेट्रोल, मट्टितेल र हवाई इन्धन भित्रीएको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख अभिषेक ठाकुरले बताए ।

वीरगन्ज नाकाबाट डिजल, पेट्रोल, मट्टितेल र हवाई इन्धन सहज रुपमा भित्रीएपनि खाना पकाउने ग्याँसका बुलेट भारतको हलदिया, मथुरा, बरौनी लगायतका स्थानबाट माघ २५ गते देखी फागुन १५ गते सम्ममा मात्र २ सय ४८ बुलेट ग्याँस भित्रीएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत पन्तले जानकारी दिए । माघ २५ देखि फागुन १५ गते सम्म २० दिनको अवधीमा वीरगन्ज नाका हुदै भारतबाट दुई सय ४८ वटा बुलेटमा ४१ लाख ८५ हजार किलोग्राम (चार हजार १ सय ५८ मेट्रिक टन) ग्याँस आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जसबाट तीन लाख १२ हजार ४ सय ८० वटा सिलिण्डर पुरा भर्न सकिन्छ । शनिबार मात्र भारतबाट १ सय ८५ टयांकर पेट्रोलियम पर्दाथ तथा १७ बुलेट ग्याँस वीरगञ्ज नाकाबाट भित्रिएको वीरगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत पन्तले बताए । भन्सार कार्यालयका अधिकृत पन्तका अनुसार इन्धनबाट मात्र २० दिनमा ५७ करोड ३४ लाख ५८ हजार रुपैया राजश्व संकलन भएको जानकारी दिए । नाकाबन्दी खुलेपछि पेट्रोलियम पर्दाथ सहज रुपमा आएपनि ग्यास भने भारतले मागे जति दिन सकेको छैन । दिनको ३० देखि ३५ वटा बुलेट ग्याँस भारतबाट नेपाल आउनु पर्नेमा नाकाबन्दी खुले देखी नै दिनको १० देखी १५ वटा बुलेट ग्यास मात्र नेपाल आई रहेको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख ठाकुरले बताए । नेपाल आयल निगमले माग गरेको तुलनामा इन्डियन आयल कोर्पोरेशनले ३० प्रतिशत मात्र ग्यास आपुर्ती गरेको कारण देशभरि नै खाना पकाउने ग्याँसको अभाव काम रहेको छ । गत माघ २२ गते स्थानिय वासिन्दा तथा व्यपारीले हस्तक्षेपगरी मितेरीपुलको अवरोध हटाएपछि डिजल, पेट्रोल तथा हवाई इन्धन ६५ देखि ७० प्रतिशत वीरगन्ज नाकाबाट भित्रिए पनि ग्याँस आयत ७० प्रतिशतले न्युन भएकाले अभाव देखापरेको नेपाल आयल निगम वीरगन्ज वितरण केन्द्रका प्रमुख अभिषेख ठाकुरले जानकारी दिए । उनले आइओसीसँग माग गरे बमोजिम ग्याँस आपुर्ती नहुदासम्म खाना पकाउने ग्याँसको अभाव कायमै रहने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप