पाकिस्तानमा गभर्नरका हत्यारालाई मृत्युदण्ड
इस्लामावाद - पाकिस्तानका एकजना पूर्व गभर्नरको हत्यामा सम्लग्न सुरक्षाकर्मीलाई झुण्डाएर मृत्युदण्ड दिइएको समाचार छ । पाकिस्तानी राजधानी सहर इस्लामावादमा गभर्नर सल्मान तासिरको सन् २०११ मा हत्या भएको थियो । हत्यामा सम्लग्न हुने मुम्ताज क्वार्दी पाकिस्तानी सुरक्षाबलका अधिकारी दिए । उनी इस्लामावादको एक चिया पसलमा चिया पिउन गइरहेका बेला ती सुरक्षाकर्मीले गोली हानी गभर्नर तसिरको हत्या गरेका थिए । गभर्नर तसिर पाकिस्तानको विपक्षी दलका एकजना वरिष्ठ नेता थिए भने पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीका हितैषी थिए । हत्यारा मुम्ताज क्वार्दी पञ्जाव प्रहरीका कमाण्डो थिए । उनलाई हत्यामा सम्लग्न भएलगत्तै प्रहरी नियन्त्रणमा राखिएको थियो । रावलपिण्डीमा रहेको आतङ्कवादविरुद्धका मुद्धा हेर्ने अदालतले उनलाई मृत्युदण्डको सजाय सुुनाएको थियो । उनलाई सोमबार बिहानै रावलपिण्डीमा रहेको आदियाला जेलमा मृत्युदण्ड दिन लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण