नागढुङ्गादेखि कलङ्कीसम्म सफाइ अभियान
सोमबार, १७ फागुन २०७२, १५ : ४२
काठमाडौँ - राजधानी प्रवेश गर्ने मुख्य नाका नागढुङ्गादेखि कलङ्कीसम्मको सडकलाई सुन्दर बनाउन अभियान सुरु गरिएको छ ।
चन्द्रागिरि नगरपालिकाको अगुवाइमा सुरु भएको अभियान नगरपालिकाको सफा, सुन्दर, हरियाली, पर्यटकीय तथा सांस्कृतिक महत्वलाई झल्काउने उद्देश्यले सुरु गरिएको चन्द्रागिरि नगरपालिकाका प्रमख गोविन्दप्रसाद पाण्डेले जानकारी दिए ।
अभियानलाई निरन्तरता दिन नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, राजनीतिक दल, नागरिक समाजको प्रतिनिधि, महिला स्वयम्सेविकालगायतको सक्रिय सहभागिता रहने बताइएको छ ।
पाण्डेका अनुसार अब प्रत्येक शनिबार यस अभियानलाई निरन्तरता दिइनेछ । सफाइ अभियानसँगै प्रत्येक घरको भान्साबाट नै कुहिने र नकुहिने फोहरको व्यवस्थापन गरिनुपर्ने, यस नगरपालिकाभित्र रहेको घरले एउटा कागतीसहित दुईवटा रुख लगाउनुपर्ने नियम लगाइएको छ ।
काठमाडौँलाई थप सुन्दर बनाउन यस अभियानले ठूलो सहयोग पुग्ने आयोजकले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीको जोखिम बढे कोशी ब्यारेजका ढोका खोलिने
-
झापामा एक वर्षमा ५ करोडको अवैध सामान बरामद
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
आइतबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण