बुबा–आमाले झुक्काएर विवाहित पुरुषसँग विवाह गराउने लागेको भन्दै प्रहरीको शरणमा किशोरी
इनरुवा - सुनसरीको छिटाहा गाविस–४ की एक किशोरीले आफ्नो बुबा–आमाले आफूलाई गुमराहामा पारेर विवाहित केटासँग विवाह गराउन खोजेको भन्दै सुरक्षाको लागि प्रहरीको शरण मागेकी छन् ।
छिटाहा–४ की २० वर्षीया अनिताकुमारी चौधरीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा उजुरी गर्दै सो विवाह रोकाई शान्तिसुरक्षा कायम गर्न माग गरेकी छन् ।
अनिताले आफ्नै बुबा गङ्गालाल चौधरीले आफनो इच्छा विपरीत चिमडी–२ का श्रवण चौधरीसँग विवाह गर्न लागेको र केटा विवाहित भएको साथै शारीरिक रुपमा अपाङ्गतासमेत रहेको थाहा पाएर आफूले उजुरी गर्न आएको चौधरीको उजुरीपत्रमा उल्लेख गरिएको छ ।
चौधरीका अनुसार घरमा आफूलाई दबाब दिएर फागुन १७ गते रातिको लगनमा सोही केटासँग विवाह गराउने दुष्प्रयास भएकाले प्रशासनमा उजुरी दिएको हो । प्रशासनमा उजुरी दिँदै विवाह गर्न नमानेपछि आफूलाई कुटपिटसमेत गरेको गुनासो गरेकी छन् ।
चौधरीले आफूले सक्षम जीवनसाथी चाहेकाले श्रवणको शारीरिक अस्वस्थता र उनी विवाहित समेत भएकाले विवाह गर्न अस्वीकार गरेको उनका दाजु जयप्रकाश चौधरीले बताए ।
अनितालाई विवाहको दबाब बढेपछि दाजु जयप्रकाशको सहयोगमा प्रशासन हुँदै प्रहरीको शरणमा पुगेको स्थानीयवासीले बताएका छन् ।
आफूले उक्त विवाह अस्वीकार गर्दै समाजमा पुरातन सोचबाट ग्रसित अभिभावकलाई सचेत समेत गराउन यो काम गरेको अनिताले बताउनुभयो । आफूले गरिबीको कारण उच्च शिक्षा पढ्न नपाएको पीडाँंगै फेरि विवाहित केटासँग विवाह गरेर थप पीडा लिन नचाहेको समेत चौधरीले सञ्चारकर्मी समक्ष पोखेकी छन् ।
अनिताले आइतबार जिल्ला प्रशासन कार्यालयमा दिएको उजुरीको सुनुवाइ गर्र्दै प्रशासनले जिल्ला प्रहरी कार्यालय सुनसरीलाई शान्ति सुरक्षाको आवश्यक व्यवस्था मिलाउन आदेश दिएको छ भने जिल्ला प्रहरीले आजै इलाका प्रहरी कार्यालय छिटाहालाई शान्ति सुरक्षा मिलाउन निर्देशनात्मक आदेश गरेको प्रहरीले जनाएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साप्ताहिक राशिफलः यो साता यी राशिहरूका लागि लाभको संकेत
-
सनसनीपूर्ण १० गोलको थ्रिलर: फ्रान्सलाई ६–४ ले पराजित गर्दै इङ्गल्याण्ड तेस्रो
-
बुकायो साकाको सानदार ह्याट्रिक, इङ्गल्याण्ड ५–३ को मजबुत स्थितिमा
-
मेस्सीलाई पछि पार्दै एम्बाप्पे बने विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता
-
६६ औँ मिनेटमा एम्बाप्पेको दोस्रो गोल, फ्रान्स ऐतिहासिक पुनरागमनको निकै नजिक
-
फ्रान्सको सशक्त पुनरागमन प्रयास: बारकोलाको गोलमा खेल २–४ को स्थितिमा, एम्बाप्पेको असिस्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण