आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

पाँच वर्षमा चीन–काठमाडौँ रेल सेवा सुरु गर्ने विषय उठाइने

सोमबार, १७ फागुन २०७२, १९ : ४०
सोमबार, १७ फागुन २०७२

दाङ– नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले ढिलै भए पनि काँग्रेस सरकारमा आउने बताएका छन् ।

प्रेस चौतारी दाङले घोराहीमा आयोजना गरेको पत्रकार समेलनमा नेता ज्ञवालीले भने– “संविधान जारी गर्न जति चुनौती थियो, त्योभन्दा ठूलो चुनौती कार्यान्वयनमा भएकाले संविधान जारी गर्दा भएको दलीय एकता आवश्यक छ । उपाध्यक्ष ज्ञवालीले नेपालको हितविपरीत रहेको १९५० को सन्धिलाई पुनरवलोकन गर्नका लागि दुई देशका विज्ञको टोली निर्माण गरिएको बताए । “प्रधानमन्त्री केपी ओलीको भ्रमण ऐतिहासिक रुपमा सफल भएको छ ।

भ्रमणपछि भारतको नेपालमाथिको बुझाइ परिवर्तन भएको छ”, ज्ञवालीले भने– “भ्रमणको समयमा प्रधानमन्त्रीले १९५० को सन्धि पुनरवलोकनका लागि राखेको प्रस्तावलाई स्वीकार गर्दै भारतले विज्ञको टोली गठन गरेको छ ।”

उनले निकट भविष्यमै हुने प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा दुई देशबीच व्यापार र पारवाहन सम्झौता हुने बताउँदैे पाँच वर्षभित्र चीनदेखि काठमाडौँसम्म रेल सेवा सुरु गर्ने विषयलाई भ्रमणका क्रममा उठाइने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप