३६४ फरार अपराधी पक्राउ
मङ्गलबार, १८ फागुन २०७२, १२ : ३४
गाईघाट (उदयपुर) - जिल्ला प्रहरी कार्यालयले २०३० सालदेखि अदालतले दोषी ठहर गरेको तर फरार भएकाहरुलाई धमाधम पक्रन सुरु गरेको छ । हालसम्म दोषी ठहर भएका तर फरार ३६४ दोषीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले बताउनुभयो । अपराधीमध्ये कोही वन मुद्दामा र कोही जबर्जस्ती करणी तथा अंश मुद्दामा अदालतबाट दोषी ठहरिएको प्रहरीले बताएको छ । अन्यको पनि खोजी भइरहेको र उनीहरुलाई धमाधम पक्राउ गर्न प्रहरी सफल भइरहेको जनाइएको छ । अदालतले फैसला गरेका कुरा आफूले कार्यान्वयन गराउने कर्तव्य भएकाले फरारलाई खोजी र पक्राउ गर्न प्रहरीले जिल्लामा छुट्टै टोली बनाएर गोप्य ढङ्गले परिचालन गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स र इङ्गल्याण्डबीचको खेलका लागि दुवै टोलीको सुरुवाती ११ सार्वजनिक
-
मुक्ति घोषणा भएको चार वर्ष: हरवाचरवा समुदाय पहिचानबाट वञ्चित
-
पशुपति क्षेत्रमा सरसफाइ
-
हामी फाइनल खेल्न चाहन्थ्यौँ, यो खेल कोही खेल्न चाहँदैनन्: इङ्गल्यान्डका प्रशिक्षक टुचेल
-
१२ बजे १२ समाचार: अरूलाई न्याय दिने अदालत आफैँ अन्यायमा, सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग
-
जोर्डनमा इरानी आक्रमण: दुई अमेरिकी सैनिकको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण