गणेशमान र विपीका छोराले रामचन्द्रलाई अघि सारेपछि... (फोटोसहित)
काठमाडौं–कांग्रेसको सभापति पदका उम्मेद्वार रामचन्द्र पौडेलले गणेशमान र विपीका छोरा आफ्नो पक्षमा रहेकाले आफू नै संस्थापन कांग्रेस रहेको दावी गरेका छन् । विपीले गणेशमान, किसुनजी र आफू भएको पार्टी नै संस्थापन काँग्रेस भएको बताएको स्मरण गर्दै उनले अहिले विपी र गणेशमानका छोरा आफ्नो पक्षमा रहेकोले आफू नै संस्थापन कांग्रेसको उम्मेद्वार भएको घोषणा गरे ।
‘संस्थापन कांग्रेस कुन हो भन्दा विपीले भनेका थिए, जहाँ गणेशमान, किसनुजी र म छौँ त्यही हो’ आफ्नो उम्मेद्वारी घोषणा गर्दै पौडेलले भने– ‘अहिले गणेशमानको छोराले विपीको छोरालाई प्रस्ताव गरे, यसले नै बताउँछ कांग्रेसको मूलधार ।’
पौडेलको प्यानलमा विपी कोइरालाका कान्छा छोरा डा. शशांक कोइरालालाई महामन्त्रीको उम्मेद्वारीमा गणेशमान सिंहका छोरा प्रकाशमान सिंहले प्रस्ताव गरेका छन् ।उनले आफू पार्टीलाई दुःखकष्ट पर्दा कहिल्यै नभागेको र कहिल्यै घुँडा नटेकेकोले सभापतिमा आफूलाई जिताउन कार्यकर्तालाई आग्रह गरे । ‘राजाले कांग्रेसलाई प्रहार गरेपछि कांग्रेसप्रति आकर्षित भएको म पार्टीमा प्रहार हुँदा पनि सधैँ बचाउन उभिएको हुँ’ उनले भने, ‘त्यसैले पार्टीलाई बचाउने जिम्मेवारी मेरो हो ।’ उनले पार्टी छोडेर जानेहरुलाई पनि आफूले रोकेको भन्दै पार्टी बचाउने आफू भएकोले सभापतिको दावी गरे ।
उनले सिंगो नेपाली इतिहासको प्रतिनिधी विश्वेश्वरका कान्छा छोरा सशांकलाई महामन्त्रीमा दिएको उम्मेदवारीले आफूलाई थप बल मिलेको उनले बताए । उनले कांग्रेसलाई नयाँ चारीत्रीक परिवर्तनमा लैजान आवश्यक रहेको समेत बताए ।
सामदाम दण्डभेद प्रयोग गरेर पार्टी हडप्न खोजेका छन् पौडेलले शेरबहादुर देउवा पक्षले कांग्रेस हडप्न खोजेको आरोप लगाएका छन् । देउवाको नाम नलिइकन उनले विद्रोही पक्षले कांग्रेस हडप्न लागेको आरोप लगाए । ‘नेपाली कांग्रेसलाई सामदाम दण्डभेद प्रयोग गरेर हडप्ने कोसिस भएको सुनेको छु’ पौडेलले भने– ‘सावधान रहन कार्यकर्तालाई आग्रह गर्दछु ।’
उनले संविधान अनुसार पार्टीको विधन संसोधन गर्न आफूले खोज्दा पनि देउवा गुटले नमानेको आरोप लगाए । ‘संविधानले गरेको व्यवस्थाअनुसार पार्टीको विधान संसोधन गर्न खोजेको हो । तर, अर्को गुटले मानेन’ उनले भने ‘तर हामी तत्काल महासमिति बोलाएर विधान संसोधन गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गर्नेछौँ ।’ उनले वनारसमा विपी र कलकत्तामा रहेका सुवर्णलाई मिलाएर सामन्जस्यता कायम गरेकोले आफूले नै पार्टीलाई बचाउने दावी गरे ।
संघीयता र समावेशीताको धुरन्धार पक्षपोषक कांग्रेस पौडेलले देशमा आएको गणतन्त्र, संघीयता र समावेशीतालाई अगाडी बढाउने चुनौती कांग्रेससामु रहेको दावी गरे । उनले संविधानले ल्याएको सामाजिक आर्थिक समृद्धिमा देशलाई अगाडी बढाउने प्रतिबद्धता पनि जनाए । उनले देशको परिवर्तनलाई समाजवादमा ढाल्ने जिम्मा कांग्रेसको भएको पनि दावी गरे । ‘७० वर्षको त्यागले देशमा आएका परिवर्तनलाई प्रजातान्त्रिक समाजवादमा ढाल्न आवश्यक छ’ उनले भने– ‘नेपाली कांग्रेसको नेतृत्वमा नै यो परिवर्तन संस्थागत गरेमा नेपाली जनताको भलो गर्न सक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण