शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

यौनधन्दामा संलग्न युवायुवती पक्राउ

बिहीबार, २० फागुन २०७२, ०८ : १०
बिहीबार, २० फागुन २०७२
सिरहा– सिरहाको गोलबजार नगरपालिका–४ स्थित मनोज होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जोडी युवायुवती र होटल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । यौनधन्दामा संलग्न गोलबजार नपा–९ का रवि पण्डित, सर्लाही मलङ्गवा नपा–९ का रुद्रबहादुर सार्की र भारत विहार जयनगरका सिवाल सिंह पक्राउ परेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । उनका अनुसार यौनधन्दा चलाउने होटल सञ्चालक गोलबजार नपा– ४ का राजु साहलाई पनि पक्राउ गरिएको छ । यस्तै यौनधन्दामा संलग्न तीन युवतीको नाम भने गोप्य राखिएको प्रहरी निरीक्षक निरौलाले बताए । उनका अनुसार सिरहाको लहान नपा–५ की महरा थरकी, धनुषा बरमझिया–९ की खातुन थरकी र सिन्धुली दुधौली–४ की महरा थरकी युवती पक्राउ परेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप