शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

लरेस पुरस्कारका लागि जोकोभिक, बोल्ट, मेसीबीच प्रतिस्पर्धा

बिहीबार, २० फागुन २०७२, ०८ : ५४
बिहीबार, २० फागुन २०७२

बर्लिन–सन् २०१५ को पुरुषतर्फको उत्कृष्ट खेलाडीका लागि नोभाक जोकोभिक, युसेन बोल्ट र लियोनल मेसीसहित विभिन्न छ जनाबीच प्रतिस्पर्धा देखिएको छ ।

लरेस विश्व खेल पुरस्कार उत्कृष्ट पुरुष तथा महिलालाई छुट्टाछुट्टै दिइँदै आइएको छ र यसबर्ष अप्रिल १६ मा एक बृहद् समारोहका बीच जर्मनीको बर्लिनमा प्रदान गरिने छ ।

जोकोभिकले यसअघि तीनवटा ग्रान्ड स्लाम पुरस्कार जितिसकेका छन् भने बोल्टले विश्व खेलकुद प्रतिस्पर्धामा तीनवटा गोल्ड मेडल प्राप्त गरिसकेका छन् ।

त्यस्तै अर्जेन्टिनी विश्व प्रसिद्ध फुटबल खेलाडी मेसीले सन् २०१५ को फिफा वालन डि–अर पुरस्कार पाएका थिए ।

फरमुला वनस् लेबिस ह्यामिल्टन, अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी र गल्फ खेलाडी जोर्डन स्पैथलाई पनि पुरस्कारका लागि मनोनयन गरिएको छ ।

महिलातर्फ प्रसिद्ध अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्स पनि महिलातर्फका छ जना भित्र मनोनयनमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप