नेपालका एक मात्र अर्बपतिको सम्पति घट्यो
बिहीबार, २० फागुन २०७२, १० : ०५
काठमाडौं – नेपालका एक मात्र अर्बपतिका रुपमा रहेका चौधरी ग्रुपका मालिक विनोद चौधरीको सम्पति पछिल्लो एक वर्षमा घटेको छ । चर्चित फोब्र्स पत्रिकाले सार्वजनिक गर्ने अर्बपतिहरुको सूची अनुसार चौधरीको सम्पतिमा सन् २०१५ को तुलनामा २०१६ मा कमी आएको हो । सन् २०१५ को मार्चमा चौधरीको १.३ बिलियन अमेरिकी डलर सम्पति रहेको थियो । सन् २०१६ को मार्चसम्म आइपुग्दा घटेर १.१ बिलियन डलर पुगेको छ । सन् २०१५ मा अर्बपछिको सूचीमा १,४१५ औं स्थानमा रहेकोमा सन् २०१६ मा उनी १५७७ औं स्थानमा खस्केका छन् । भारतीय मूलका नेपाली व्यापारी विनोद चौधरीको चौधरी ग्रुपदेखि नबिल बैंकसम्म लगानी रहेको छ । उनले नेपाल लगायत सर्बिया, साउदी अरेबिया, भारत र बंगलादेशमा समेत लगानी गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण