नेपालको आवश्यकतानुसार पेट्रोलियम निर्यात गर्न भारतीय राज्यमन्त्रीको निर्देशन
शुक्रबार, २१ फागुन २०७२, ०९ : ४६
काठमाडौँ - भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधानले आफ्ना मन्त्रालयका उच्चाधिकारीलाई नेपालको आवश्यकतानुसारको पेट्रोलियम पदार्थको निर्यातका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएका छन् ।
यसअघि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आज साँझ नयाँदिल्लीमा शिष्टाचार भेटका क्रममा नेपालको दैनिक आवश्यकतानुसार पेट्रोलियम पदार्थको शीघ्र आपूर्तिका लागि विशेष व्यवस्था गर्न आग्रह गरेका थिए । उक्त भेटमा द्विपक्षीय सम्बन्ध, सहकार्य तथा दैनिक आवश्यकता र इन्धन आपूर्तिका विषयमा विचार आदानप्रदान भएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यापार पृथ्वीको : मानवीय संवेदना र अस्तित्वको काव्यात्मक खोजी
-
प्रदेशमा देखिएको अस्थिरता कांग्रेस–एमाले विवादकै उपज होः इन्द्रबहादुर आङ्बो
-
बाढीपहिरोले छ वटा राजमार्ग अवरुद्ध
-
मनसुन प्रतिकार्य कमाण्ड पोस्टको बैठक: रातो रङ अङ्कित २३ जिल्लामा रात्रिकालीन सवारीमा रोक
-
झापामा विपद्का घटनाः २२ करोडभन्दा बढीको क्षति
-
साउनभित्रै सञ्चालनमा आउँदै नागढुंगा सुरुङमार्ग : सुरक्षा र प्रविधिको कस्तो छ प्रबन्ध ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण