शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

खोलाको किनारमा २ नवजात शिशुको शव भेटियो

शुक्रबार, २१ फागुन २०७२, १० : २४
शुक्रबार, २१ फागुन २०७२

बझाङ - सदरमुकाम चैनपुर नजिकै बाहुलीगाड खोलाको किनारमा २ वटा नवजात शिशुका शव फेला परेका छन । बुधबार बाहुली खोलाको किनारमा बेवारिसे अवस्थामा फालेका २ वटा शिशुका शव फेला परेका हुन । शिशुका शव देखेपछि स्थानिय खवर गरेपछि गएको प्रहरीको टोली बुधवार सांझ ५ बजे बाहुलीगाड खोलामा पुगेको थियो । स्थानियले २ वटा शव देखेको भए पनि एउटा शव खोलाले बगाएको र एउटा मात्र फेला परेको प्रहरी नायब उपरिक्षक लक्ष्मिराज अधिकारीले बताए । फेला परेको शवको जिल्ला अस्पताल बझाङमा पोष्टमार्टम गरिएको छ । कुनै महिलाले गर्भपतन गरी शव फालेको प्रहरीले आसंका गरे पनि एकै ठांउमा २ वटा शव भेटिएको घटना रहस्यमय रहेको र यसवारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप