प्रहरी प्रशासनको घुस लिने प्रवृतिले सप्तरीवासी पीडामा, प्रहरी निरिक्षक र प्रहरी जवान घुस रकमसहित पक्राउ
राजविराज– प्रहरी प्रशासनको घुस लिने प्रवृतिले सप्तरीवासी पीडामाथि पीडा खेप्दै आएका छन् । मधेश आन्दोलन र अनेकौं समस्याले पीडित भएका सप्तरीवासीहरुको प्रहरी प्रशासनको घुस लिने प्रवृतिले थप जीवनयापनमा कठिनाई भएको छ ।
विभिन्न उजुरी लगायतका विषयहरुमा सप्तरीको प्रशासनले ठाडो रुपमा घुस माग्ने गरेको र घुस नदिएमा अनेको अनेकौं किसिमका समस्याहरु देखाउने तथा मुद्दा लम्ब्याउने गरेको सर्वसाधारणहरुको गुनासो बढिरहेको बेला घुस लिने क्रममा इलाका प्रहरी कार्यालय कडोरवाना सप्तरीका प्रहरी निरीक्षक र प्रहरी जवानलाई बुधवार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीका टोलीले इलाका प्रहरी कार्यालय कडोरवानाका प्रहरी निरीक्षक प्रेमबहादुर थापा र प्रहरी जवान अशोक यादवलाई ४० हजार घुस लिइरहेको क्रममा पक्राउ गरेको छ ।
केहि दिन अगाडी लाइसेन्स नभएका मोटरसाइकल चालकले सिरहामा दुर्घटना गराइएका थिए । सो मुद्दा मिलाउका लागि प्रहरी निरीक्षक थापाले चालक पक्षसँग ४० हजार माग गरेको थियो । माग गरेको घुस रकम लिने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका प्रहरी निरीक्षक र जवान यादवलाई अख्तियारको टोलीले पूर्वाञ्चल कार्यालय इटहरी लगिएको हो ।
यता, प्रहरी निरीक्षक थापाले घुस मागेको उजुरी परेपछि केहि दिनदेखि अख्तियारले घटनाको अनुसन्धान गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको आयोगका पूर्वाञ्चल क्षेत्रीय प्रमुख डुल्लुराज बस्नेतले जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण