शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विकास र समृद्धि पार्टीको पहिलो प्राथमिकता : सचिव आचार्य

बुधबार, २६ फागुन २०७२, १८ : २१
बुधबार, २६ फागुन २०७२

खोटाङ– नेकपा (एमाले) का सचिव भीम आचार्यले देशको विकास र जनताको समृद्धि पार्टीको पहिलो प्राथमिकता भएको बताए ।

प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् । “एमाले अब राजनीतिक झगडामा अल्मलिँदैन”– पूर्वाञ्चल इन्चार्जसमेत रहेका सचिव आचार्यले भने– “राजनीतिक झगडाले देश निकै पछाडि परेको छ, यसलाई उकास्नका लागि राजनीतिक स्वार्थबाट सबै दल माथि उठ्नुपर्ने अवस्था आएको छ ।”

आगामी चैत ७ गतेबाट हुने प्रधानमन्त्रीको चीन भ्रमण पनि यसैमा केन्द्रित हुने आचार्यले जानकारी दिए । “प्रधानमन्त्रीको चीन भ्रमण देशको विकास र जनताको समृद्धिमा केन्द्रित हुन्छ”– उनले भने– “भ्रमणका क्रममा पारवहन, व्यापार, उत्तरी नाका खुलालगायतका विषयमा सम्झौता हुनेछ ।”

पत्रकार सम्मेलनमा अर्का सचिव योगेश भट्टराईले संविधान कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए । “संविधान राष्ट्रिय एजेन्डा भएकाले यसको कार्यान्वयनमा सबै दल एकजुट हुनुपर्ने अवस्था छ”– उनले भने– “यसका लागि एमालेकै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप