शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सुआहारा कार्यक्रममा लगानी बालुवामा पानी

बिहीबार, २७ फागुन २०७२, १२ : ५३
बिहीबार, २७ फागुन २०७२

नवलपरासी – दातृ निकाय युएसआईडीको आर्थिक सहयोगमा संचालित सुआहारा परियोजनाको लगानी बालुवामा पानी जस्तै भएको छ ।

यो परियोजना नवलपरासीका ५६ गाबिस र ७ नगरपालिकामा संचालित भई यो महिना देखि समापन भएको थियो ।

परियोजनाले ८ करोड ४९ लाख खर्च गरे पनि प्रतिफल भने अत्यन्त न्युन रहेको पाइएको छ । खास गरी पोषण र सरसफाईमा काम गर्ने यो संस्थाले गरेका कार्यक्रमहरुको प्रतिफल अत्यन्त न्युन भएको सरोकारवालाहरुले बताएका छन् । बिगत तिन वर्षदेखि यो परियोजना जिल्लामा संचालित रहेको थियो । परियोजना संचालन भएका तीन बर्षमा संस्थाले अख्तियारी गरेका सुचांकको लेखाजोखा गर्दा पहिलाको अवस्था र अहिलेको अवस्थामा सरदर पाँच प्रतिशत बृद्धि रहेको उनीहरुकै प्रगति प्रतिबेदनले देखाएको छ । गर्भबती महिला र बालबालिकाको पोषणमा बिशेष कार्यक्रम गरिएको भनिए पनि संस्थाको कार्य प्रगतीमा कुनै तात्वीक परिवर्तन नआएको उनीहरुकै प्रगती प्रतिबेदनमा उल्लेख भएको छ । परियोजनाको मध्यतिर बेस नेपाल पाल्पा नामक गैर सरकारी संस्थालाई सहयोगी संस्थाको रुपमा काम दिएपछि प्रगति निकै तल खस्केको जानकारहरुले बताएका छन् ।

बेस नेपालले पोषणलाई टेवा पुर्याउन गर्भबती महिलाहरुलाई बाँडेका अधिकांस कुखुरा रानी खेत रोगबाट संक्रमित भएकोले स्थानीय स्तरमा संत्रास फैलिएको र यी कुखुराबाट स्थानीय जातका कुखुरामा रोग सर्न गै ठुलो समस्या आएको थियो । यो घटनाले सुआहारा प्रति स्थानीयबासीको बिस्वास ह्वात्तै घटेको छ । नेपाल सरकारको स्वास्थ्य मंन्त्रालय अन्तर्गतको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीकै पोषण संबन्धी कामको दोहोराई र स्वास्थ्य कार्यालयलाई समेत समन्वय नगरी एकतर्फी काम गरेको सरोकारवालाले बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप