विकट गाउँ रानीपानीमा मदिरा नियन्त्रण अभियान
पर्वत– यहाँको एक विकट गाउँमा मदिरा नियन्त्रण अभियान सञ्चालन गरिएको छ । दैनिकजसो मदिरा सेवनका कारण समाजमा होहल्ला, झैँझगडा बढ्ने, महिला हिंसा बढ्नेजस्ता घटना बढ्न थालेपछि स्थानीयवासी मदिरा नियन्त्रणमा जुटेका हुन् ।
सिङ्गो गाविसलाई नै मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा रहेको उक्त गाविसमा अहिले बिहान ६ देखि बेलुका ६ बजेसम्म मदिरा बिक्री वितरण तथा सेवन गर्न नपाइने, मदिरा सेवन गरेर सार्वजनिकस्थलमा हिँड्डुल गर्न नपाइने र राति १० बजेपछि होहल्ला गर्न नपाइने नियम लागू गरिएको छ ।
त्यसैगरी सबै विद्यालय, बडा नागरिक मञ्च, सङ्घसंस्थाहरुले पनि मदिरा सेवन, बिक्री वितरण र उत्पादन नगर्ने प्रतिबद्धता जनाएका छन् । पर्वतका प्रहरी नायब उपरीक्षक गङ्गा पन्तको उपस्थितिमा गाविसस्थित सबै सरोकारवालाले प्रतिबद्धता जनाएका हुन् ।
त्यस्तै सबै वडामा पाँच÷पाँचजनाको महिला सञ्जालसमेत गठन गरिएको छ । उक्त नियम पालना नगरी तोकिएको समयभन्दा बाहिर बिक्री वितरण तथा सेवन गर्नेलाई पहिलोपटक रु एक हजार, दोस्रोपटक दुई हजार रुपैयाँ र तेस्रोपटकदेखि स्थानीय प्रहरी चौकीमा तारेखमा छाडिने मदिरा नियन्त्रण अभियानका संयोजक गुणबहादुर सुनारले जानकारी दिए ।
गत माघ २५ गतेदेखि नै यस्तो नियम लागू गरिएको हो । उक्त नियम लागू गरेपछि अहिले गाउँ सुनसान हुन थालेको छ भने चौबिसै घन्टा मदिरा सेवन गरेर गाउँमा अराजकता फैलाउने पनि कुलतबाट टाढा रहन थालेका छन् । अभियानमा स्थानीय रानीपानी प्रहरी चौकीले पनि सक्रिय रुपमा सहयोग पु¥याएको छ । मदिरा नियन्त्रण नहुँदा खासगरी मजदुरमा बढी समस्या भएको थियो अहिले उनीहरु पनि नियमित आफ्नो काममा जान थालेको सुनारले बताए ।
होटल व्यवसायीले पनि अहिले दिउँसोको समयमा र राति १० बजेपछि मदिरा बिक्री वितरण गर्न छाडेको उनले बताए । अभियानमा सबैले साथ दिएका छन् त्यसैले छोटो समयमै रानीपानी गाविसलाई मदिरा निषेधित क्षेत्र घोषणा गर्ने तयारीमा रहेको सुनारले बताए । बढी मात्रामा दलित समुदायमा मदिराको समस्या देखिने गरे पनि उक्त गाविसमा भने दलितहरु नै नियन्त्रण अभियानमा सक्रिय भएर लागेका हुन् । गाविसमा बिक्री वितरण हुन छाडेपछि नियमित रुपमा सेवन गर्नेहरु छिमेकी गाविसमा जाने गरेको र फर्केर आउँदा कारबाहीमा पर्ने भएकाले उनीहरुले पनि सेवन गर्न छाडेको अभियानका सदस्य जीवलाल पराजुलीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण