साढे चार करोडको तरकारी आयात
बिहीबार, २७ फागुन २०७२, १५ : ००
विराटनगर–पूर्वी नाका विराटनगर भएर सात महिनाको अवधिमा भारतबाट रु चार करोड ५० लाखभन्दा बढीको तरकारी आयात भएको छ ।
सो अवधिमा सबैभन्दा बढी रु चार करोड नौ लाख ९७ हजारको प्याज र रु २९ लाख ८५ हजारको आलु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय विराटनगरका अनुसार रु तीन लाख २४ हजारको २७ मेट्रिक टन परवल, रु एक लाख ३२ हजारको ११ मेट्रिक टन गोलभेँडा र रु दुई लाख ३४ हजारको २३ मेट्रिक टन हरियो खुर्सानी आयत भएको छ ।
यस्तै विभिन्न ३१ मेट्रिक टन तरकारी र रु १० लाख ८० हजारको पानको पात आयात भएको सो कार्यालयका प्रमुख गङ्गाप्रसाद यादवले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिनामङ्गल क्षेत्रबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन
-
बागमतीका मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन
-
तेस्रो विवाहलाई ‘लभ जिहाद’ भन्दै आमिर खानलाई लरेन्स ग्याङको ज्यान मार्ने धम्की
-
फिल्म ‘हली’को नयाँ गीत सार्वजनिक
-
माझखण्डको महारुद्रेश्वर र साउने सन्देश
-
गुठीको जग्गा निजी संस्थालाई भाडामा दिएपछि जनकपुरधाममा विवाद, स्थानीय आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण