गोर्खा सैनिकलाई ब्रुनाईमा खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपतिसमक्ष ज्ञापनपत्र
काठमाडौँ - ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले भारतीय सेनामा कार्यरत नेपाली युवालाई ब्रुनाईको सुरक्षार्थ खटाउने निर्णय सच्याउनुपर्ने माग राख्दै उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष ज्ञापनपत्र बुझाएको छ ।
मोर्चाले आज दिउँसो उपराष्ट्रपति कार्यालय बहादुरभवन पुगेर भारतका उपराष्ट्रपति मोहम्मद हमीद अन्सारीले भारतीय सेनामा कार्यरत नेपाली युवालाई ब्रुनाईको सुरक्षार्थ खटाउन गरेको प्रस्तावको निर्णय सच्याउन माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।
मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा गएको टोलीले सुगौली सन्धि भएको २०० वर्ष पुगेको र गोर्खा भर्ती सुरु भएको २०१ वर्ष पुगेको सन्दर्भमा विदेशी सेनामा कार्यरत नेपाली युवाको हकअधिकार र तिनको स्वाभिमान तथा ती युवाप्रति नेपाल सरकारको दायित्वका सम्बन्धमा उपराष्ट्रपतिसमक्ष ध्यानाकर्षण गराएको हो ।
ज्ञापनपत्र बुझेपछि उपराष्ट्रपति पुनले यो अत्यन्तै गम्भीर विषय भएकाले सरकारले गम्भीरतापूर्वक लिएको र यसलाई कूटनीतिक समाधानको माध्यमबाट टुङ्ग्याउनुपर्ने बताए । उनले भन्नुभयो–“यसलाई मैले ज्यादै गम्भीरतापूर्वक लिएको छु, यो ज्ञापनपत्रलाई सरकारको सम्बन्धित निकायमा पु¥याउनेछु ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण