माछा मार्न गएका युवक कर्णाली नदीमा बेपत्ता
हुम्ला – माछा मार्न गएका एक युवक आईतबार विहान कर्णाली नदीमा खसेर बेपत्ता बनेका छन् । बेपत्ता हुनेमा हुम्लाका जैर गाविस धन बहादुर लुवार कर्णाली नदीमा बेपत्ता रहेका हुन् । आईतबार विहान माछा मार्ने जानेक्रममा जेर गाविस नजिकै पर्ने कर्णाली नदीमा ढुँगामा चिप्लिएर नदीमा परेका जैरगाविस निवासी राम शरण रावलले बताए । वेपत्ता लुवारका आफन्त र प्रहरीले खोजी गरिरहेका जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरिक्षक ओम प्रकासद यादवले बताए । यता, शनिबार राती एक्कासी आगालागी हुँदा श्रीनगर गाविसका छत बुढाको घरमा आगलागी हुँदा ७० भेडा बाख्रासहित लाखौं मूल्य बरावरको क्षति भएको छ । आगलागिपछि बुढाको घरको माथिल्लो तल्लाको भत्किएर गोठमा राखेका ७० वटा भेडा बाख्रा च्यापिएर मरेको जिल्ला प्रहरी कार्यलय हुम्लाले बताएको छ । सोहि गाविसका भक्त बुढा र छन्दे बुढाको घर पनि जलेर नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण