शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आगामी वर्षभित्र सिन्धुलीमा एयरपोर्ट र चियावारी खुर्कोट सुरुङमार्ग

आइतबार, ३० फागुन २०७२, १९ : ३२
आइतबार, ३० फागुन २०७२

सिन्धुली – जिल्ला विकास समिति सिन्धुलीले आगामी आर्थीक वर्ष ०७३/०७४ का लागि झण्डै साँढे तिन अर्व रुपैयाँको अनुमानीत बजेट सार्वजनिक गरेको छ । पारित नीती तथा कार्यक्रममा जिल्लाको उपयुक्त भुगोल हेरी एयरपोर्ट निर्माण गरिने माहत्जकांक्षी योजना अघि सारिएको छ । त्यस्तै ऐतिहासिक सिन्धुलीगढी क्षेत्रमा संग्राहलय निर्माण गरिने, विपी राजमार्गको बर्दीवास–सिन्धुली–बनेपा खण्डलाई विस्तार गर्दै फोलेन बनाइने योजना निति तथा कार्यक्रममा पारित गरिएको छ । वीपि राजमार्गको सिन्धुली– खुर्कोट सडक खडठको घुमाउरो बाटको चियाबारीखेदि खुर्कोटसम्म सुरुङ मार्ग निर्माण गरीने नीति तथा कार्यक्रममा उल्लेख छ । जिल्लामा प्राविधिक विश्वविद्यालय, विपी राजमार्गमा ट्रमा सेन्टर निर्माणदेखि जिल्लााई पूर्ण खोप युक्त देखि खुल्ला दिशा मुक्त जिल्ला घोषणा कार्य समेत आगामी आर्थीक वर्ष भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको छ । तर, गत बैशाख १२ गतेको भुकम्पले थाङथिलो बनेको जिल्लालाई पुनर्निर्माणलाई भन्दा अन्य क्षेत्रलाई बढी महत्व दिइएको भन्दै त्यस्ता योजनाहरु कार्यान्वयन हुनेमा भने शंका व्यक्त गरिएका छ । आइतबार सिन्धुलीमाढीमा आयोजित २१ औं जिल्ला परिषदबाट स्वीकृत निती, कार्यक्रम तथा बजेट सार्वजनीकिकरणका कार्यक्रममा आगामी आर्थीक वर्ष ०७३/०७४ का लागि तिन अर्ब एकतिस करोड दशलाख उनान्चालीस हजार एक सय पन्द्र रुपैयाँ बराबरको अनुमानीत बजेट प्रस्तुत भएको हो । ‘चालु तर्फ एक अर्ब ९० करोड ९७ लाख ५१ हजार र पुँजीगत तर्फ एक अर्ब चालिस करोड १२ लाख रुपैयाँ गरी उक्त बजेट आगामी आर्थीक वर्षमा परिचालन हुने स्थानीय विकास अधिकारी इश्वरकुमार गीरीले वताए । चालु तर्फ त्रिचालीस करोड अन्ठाउन्न लाख चार हजार रुपैयाँ र पुँजीगत तर्फ चौउन्न करोड एकहत्तर लाख बहत्तर हजार एक सय पन्द्र रुपैयाँ जिल्ला विकास समिति कार्यालय तर्फको मात्र बजेट प्रस्तुत गरिएको छ । जस मध्ये आन्तरीक आयबाट दुई करोड चौविस लाख, राजस्वबाट पन्चानब्बे लाख र केन्द्रीय स्तरबाट पन्चानब्बे करोड रुपैयाँ बजेट संकलन हुने अपेच्छा गरिएको छ । ‘यस्तै विषयगत कार्यालयहरु तर्फ चालु खर्च त्रिसठ्ठी करोड छब्बीस लाख सत्र हजार रुपैयाँ र पुँजिगत तर्फ एक अर्ब तिस करोड पचपन्न लाख रुपैयाँ गरी एक अर्ब त्रियान्ब्बे करोड एकासी लाख रुपैयाँ प्रस्तुत गरिएको छ,’ गिरीले भने । आगामी आर्थिक वर्षमा जिल्लामा कार्यरत गैर सरकारी संघ संस्थाहरुले मात्र अठ्तीस करोड दश लाख रुपैयाँ बजेट परिचालन गर्ने अनुमान गरिएको छ । जस अन्तरगत चालु तर्फ आठ करोड एकचालिस लाख र पुँजीगत तर्फ तिस करोड सन्ताउन्न लाख रुपैयाँ प्रस्ताव गरिएको छ । उक्त बजेट आगामी आर्थिक वर्षमा जिल्लाको विद्युत, सडक, धार्मीक तथा ऐतिहासिक पर्यटन, कृषि शिक्षा, खानेपानी लगायतका महत्वपूर्ण योजनाहरुमा खर्च गरिने समेत बताइएको छ । आगामी आर्थीक वर्षका लागि स्विकृत निती तथा कार्यक्रमहरुमा जिल्लामा एयरपोर्ट निर्माणदेखि सुरुङमार्ग निर्माण, फोरलेनको सडक विस्तार लगायतका अति महत्वकांक्षी योजनाहरु समेत अघि सारीएको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप