हवाई दुर्घटना न्यूनीकरण कार्ययोजना लागू गर्न निर्देशन
आइतबार, ३० फागुन २०७२, २० : ०१
काठमाडौँ - अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले हवाई दुर्घटना न्यूनीकरणसम्बन्धी कार्ययोजना बनाएर तुरुन्त कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देश गरेको छ ।
नेपालमा पटकपटक हवाई दुर्घटनाका घटना भइरहेको सन्दर्भमा समितिको आजको बैठकले सरकारलाई उक्त निर्देश गर्ने निर्णय गरेको हो । तारा र काष्ठमण्डप एयरको विमान दुर्घटनाका सम्बन्धमा अनुसन्धानका लागि गठित छानबिन समितिलाई सत्यतथ्य सहितको प्रतिवेदन समयावधिभित्रै पेस गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई बैठकले निर्देशन दिएको छ ।
नेपालजस्तो भौगोलिक विकटता भएको मुलुकमा चालकको नियन्त्रणमा जहाज हुँदाहुँदै पनि आकस्मिकरुपमा मौसममा आउने परिवर्तनले पहाडी र पर्वतीय क्षेत्रमा बारम्बार जहाज दुर्घटनामा परेको देखिएकाले हवाई कम्पनीलाई मौसम भविष्यवाणीसम्बन्धी प्रविधि अपनाउन समितिले सुझाउ दिएको छ ।
हवाई उडान अनुमति दिँदा अनियमितता भएको÷नभएको बारेमा विशेषज्ञसहितको समितिबाट छानबिन गराई दोषी देखिएका पदाधिकारीलाई आवश्यक कानुनी कारबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । विगतमा एउटामात्र इन्जिन जडान भएको जहाजलाई उडान अनुमति बदनियतपूर्वक र त्रुटिपूर्ण तरिकाले दिएको भन्ने जनगुनासोका आधारमा समितिले सरकारलाई उक्त निर्देशन दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण