संविधान कार्यान्वयनमा काँग्रेस पन्छिन मिल्दैनः मन्त्री राई
मोरङ - सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधान कार्यान्वयन गर्ने बेलामा नेपाली काँग्रेस पन्छिन नहुने बताएका छन् ।
संविधान जारी भएसँगै मुलुकले ठूलो सङ्कट बेहोर्नु परेका बेला काँग्रेसले नेपाली जनतालाई धोका दिएको आरोप लगाउँदै मन्त्री राईले अब वर्तमान सरकारमा सहभागी भएर आफूले गरेको गल्ती सुधार गर्ने मौका रहेको बताए ।
मोरङको सुन्दरदुलारी–७ स्थित साजिलाल उच्च माविको स्वर्ण जयन्ती समारोहलाई आज सम्बोधन गर्दै सञ्चारमन्त्री राईले काँग्रेसको महाधिवेशन एउटा नियमित प्रक्रियामात्र भएको बताउँदै महाधिवेशनपछि सरकार परिवर्तन हुने हल्ला केबल हल्लामा मात्र सीमित हुने बताए ।
नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका राईले प्रधानमन्त्री केपी ओलीको आगामी साता हुने चीन भ्रमणमा महत्वपूर्ण सम्झौता हुने जानकारी दिए। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नयाँ ढङ्गबाट पारवहन, वाणिज्य र इन्धन आयातको दीर्घकालीन सम्झौता हुने पनि उनले बताए ।
वर्तमान सरकार कुनै अनुचित सत्ताको खेलबाट निर्माण नभएको बताउँदै मन्त्री राईले संविधानको कार्यान्वयन, स्थानीय निकायको निर्वाचन, प्रदेशको सीमाङ्कन, प्रदेश सभाको निर्वाचनजस्ता ऐतिहासिक जिम्मेवारी वर्तमान सरकारको काँधमा रहेको बताए।
वर्तमान सरकारप्रति नेपाली जनताको ठूलो आशा र भरोसा रहेको उल्लेख गर्दै मन्त्री राईले प्रधानमन्त्रीले घोषणा गरेको विद्युत्भार कटौतीको अन्त्य र देशभरमा रहेका तुइन हटाउने कार्यलाई सरकारले महत्वका साथ लिँदै काम गरिरहेको बताए ।
विगतमा देशमा भएको अस्थिर राजनीतिका कारण शिक्षा क्षेत्रमा परिवर्तन हुन नसकेको बताउँदै मन्त्री राईले अबको शिक्षा वैज्ञानिक र व्यवहारिक हुनुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण