विराटले ९९ रुपैयाँमै बेच्न थाल्यो पेट्रोल
भरत पाण्डेय – विराट पेट्रोलियमले पेट्रोलको मूल्य घटाएको छ । हिजोसम्म १ सय ३० रुपैयाँमा बेचेको पेट्रोल आईतबार आयल निगमकै मूल्य ९९ रुपैयाँमा विक्री गरको हो । बिराटले पेट्रोल ल्याएपछि आयल निगमले अन्य पम्पमा पर्याप्त पेट्रोल पठाएपछि आफ्नो पेट्रोल विक्री नभएकोले ९९ रुपैयाँ प्रतिलिटरमा विक्री गरीएको विराटका सञ्चालक अध्यक्ष पर्शुराम उप्रेतीले बताए । ‘आयल निगमले दिनको ४ हजार लिटर दिइरहेका पम्पहरुलाई ८ हजार लिटर दिएको छ’ उनले रातोपाटीसंग भने ‘कति घाटा खाएर राखिरहनु भनेर ९९ रुपैयाँमै दिएको ।’ उनले सरकारी प्रकृयाले गर्दा आफूलाई मूल्य महंगो बनाउन बाध्य भएको बताए । ‘२७ दिन भयो काठमाण्डौ गाडी छिरेको तर विभागले रोकेर राख्यो’ उनले भने ‘कानुनी रुपमा जाने हो भने सरकारले अहिलेसम्मको डिटेन्सन सहित नाफा दिनुपर्छ ।’ उनले आफूलाई एक सय ३० रुपैयाँमै बेच्दा पनि १३ रुपैयाँ घाटा भएको भन्दै अव ४४ रुपैयाँ घाटामा पेट्रोल बेचेको दावी गरे । तर पनि आफूले कानुनी रुपमा तोकिएको भन्दा बढी नाफा नलिएको र बढी लिएको पुष्टी भए आफू कार्वाही भोग्न तयार रहेको उनको भनाई छ । ‘मैले मेरो मूल्य राखेर चिठी पठाएको हुँ, यसमा केही गुनासो छ भने सुझाव देउ मूल्य समायोजन गर्छु भनेर’ उप्रेतीले भने ‘तर निगमले पम्प तोकेर दिएपछि मैले नबेचेर के गर्ने?’ सरकारी निकायले सहयोग गरेको भए आफूले संकटको बेला पनि पर्याप्त डिजलपेट्रोल ल्याउने योजना रहेको भएपनि कर्मचारी र सञ्चारमाध्यमले असहयोग गरेको उनको आरोप छ । ‘मलाई सरकारले सहयोग गरेको भए एकदिन क्राइसिस हुन दिन थिईन् ’ उनले भने ‘कालाबजारीको तेलमा राज्यको कति नोक्सान भयो, नक्कली तेल हालेर कति बिग्रे कसैले लेखाजोखा गरेन ।’ सरकारले अनुमति दिएर नै आफूले पेट्रोल ल्याएको भएपनि वाणिज्य विभागले हुँदा २२ दिन फाइल रोकेर राखेको हुँदा तेलको मूल्य महंगो पर्न गएको उप्रेतीको भनाई छ । ‘२२ दिन सम्म अनेक नौटंकी खडा गरेर फाईल रोकियो, अन्तमा आपूर्ति विभाग स्थापना भएपछि मात्र उता फाईल सारेर पन्छाईयो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणतन्त्र गरिब र आवाजविहीनहरूको व्यवस्था हो : मुख्यमन्त्री बानियाँ
-
विश्वकप इतिहासमै पहिलो पटक विजेता टोलीलाई ‘च्याम्पियन औँठी’, फाइनल हेर्न डोनाल्ड ट्रम्प आउने
-
महाकाली नदीमा फसेका युवकको उद्धार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो
-
स्वदेशी जुत्ता उद्योगलाई प्रधानमन्त्रीको ढाडस : सहुलियत दिने र अवैध आयात रोक्ने प्रतिबद्धता
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण