शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रचण्डविरुद्ध नाराबाजी गर्ने पूर्वमन्त्रीसहित चार पक्राउ

आइतबार, ३० फागुन २०७२, २० : ४५
आइतबार, ३० फागुन २०७२

सिरहा  –तीनमहिना भित्र संयन्त्र बनाएर संविधान संशोधन गरिने एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डले बताएका छन् । आज सिरहा जिल्ला विकास समितिको २३ औं बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहको उद्घाटन गर्दै अब नागरिकता प्राप्तिको विषयमा कुनै समस्या नरहेको भन्दै बाँकी विषयपनि संयन्त्र बनाएर चाँडै टुङ्गोमा पुर्याउने प्रयास भइरहेको बताए । नागकिताको विषयालाई रोटीबेटीको सम्वन्धसँग जोडेको भएपनि केही व्याख्या गर्नुपर्नेबाहेक नागरिकताको सबै समस्या हल भइसकेको बताए । यस विषयमा मधेशी दलका नेताहरुपनि सहमत भएको प्रचण्डले जिकिर गरे । जिल्ला विकासको बजेट नीति तथा कार्यक्रमको उद्घाटनका लागि आउनु भएको भएपनि संविधानमा मधेशीदलको असन्तुष्टीको स्पष्टिकरण दिनमै उनले धेरै समय खर्च गरेका थिए । उनँले संविधान कुनै अपरिवर्तनीय दस्तावेज नभएको भन्दै संशोधन गर्न सकिने बताए । अध्यक्ष दहालले आफू मधेशी विरोधी नभएको र प्रदेशको सीमांकनको माग हेरफेर गरेर भए पनि मधेशी जनताले उठाएको जायज माग पूूरा गर्न आफूू तयार रहेको भन्दै आश्वस्त पारे । उनले आफू नै सवैभन्दा बढी मधेशको मुद्दामा लडेको व्यक्तिभएको जिकिर गरे । सिरहा क्षेत्र नं. ५ का सभासद् समेत रहेका प्रचण्डले अहिलेको संविधानले तराई मधेश, हिमाल, पहाड कसैलाई पनि विभेद नगरी सबैलाई समान अधिकार संविधानमा समावेश गरिएको बताए । सिरहाका स्थानीय विकास अधिकारी टुुवराज पोखरेलले आर्थिक वर्ष २०७३।०७४ को लागि करिव ५ अर्बको बजेट प्रस्तुुत गरे । पूर्वमन्त्रीसहित चार पक्राउ परिषद् चलिरहेकै ठाउँमा प्रचण्डको विरोध गर्ने चार जना मधेशी मोर्चाका कार्यर्तालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा पूर्व मन्त्री राजलाल यादव, भुुटाई यादव, नविन यादव, प्रयाग यादव र सकलदेव यादव रहेका थिए । उहाँहरु सवैलाई साँझ रिहा गरिएको प्रहरीले जनाएको छ । परिषद्मा पूर्व मन्त्री, सभासद्, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी लगायतका सहभागिता रहेको थियो । कडा सुरक्षा घेरावीचबाट अध्यक्ष प्रचण्डलाई कार्यक्रमस्थलमा पुर्याइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप