शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमसिएममा फेल हुँदा ९० लाख बजेट कटौती

आइतबार, ३० फागुन २०७२, २१ : ३४
आइतबार, ३० फागुन २०७२
सल्यान –जिल्ला विकास समिति सल्यानको आयोजनामा लेखपोखरा पाखापानीमा आर्थिक वर्ष २०७२÷०७३ को दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । जिल्ला विकास समिति सल्याबाट प्रवाह भएका सेवा सन्दर्भमा लेखपोखरा गाविसमा गरिएको सार्वजनिक सुनुवाईमा सहभागि सेवाग्राहीहरुले जिल्लाको सन्तुलित विकास लागि ध्यानार्षण गराएका छन् । जिल्लाका विभिन्न सरकारी कार्यालयहरुबाट वर्षेनी करोडौं रकम फ्रिज हुने गरेको भन्दै जिल्लामा आएको बजेटलाई जिल्लामै सदुपयोग गर्ने वातावरण बनाउन पनि आग्रह गरेका छन् । कार्यक्रम सहभागिहरुले विकास निर्माणका कार्यहरु विना अनुगमन फरक फरक हुने गरको भन्दै यस्तो कार्य सुधार गर्न माग गरेका थिए । कार्यक्रम वोल्दै स्थानीय विकास अधिकारी रामचन्द्र पौडेलले जिल्ला विकास समितिद्धारा भए गरेका कामहरुको निगरानी गरी सल्लाह,सुझाव दिन आग्रह गरे । उनले भने– जनताको जिवनस्तरलाई सुधार गर्न जिल्ला विकास समितिले काम गर्ने हो । सेवा प्रभावकारी नभए त्यसवारे औला ठड्याऊन, सचेत वनाऊन तपाईहरु सचेत वन्नु पर्दछ । स्थानीय विकास अधिकारी पौडेलले मागका आधारमा आएका योजना दिगो र प्रभावकारी बन्ने तर राजनीतिक मागका आधारमा बनाइएका योजना दिगो नहुने बताए । जनताको सहभागिता विनाको विकास दिगो नहुने भएकाले विकासका हरेक क्रियाकलापमा जनताको चासो रहन आवश्यक हुने वताए । उनले भने – विकास सरकारले जनताकालागि गर्ने हो । जनताले यसको सहि उपयोगका लागि ख्याल नपु¥याए समस्या आऊछ । न्युनतम कार्य सम्पादन कार्यक्रम भित्र सार्वजनिक सुनुवाई पर्ने भएकाले गत वर्ष जिल्ला विकास समितिले सार्वजनिक सुनुवाई नगर्दा सल्यान न्युनतम कार्य सम्पादनमा फेल भएको थियो । सल्यान एमसिएममा फेल हुँदा जिल्लाको ९० लाख बजेट कटौती भएको भएको थियो । कार्यक्रम जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्णवहादुर वलीले प्रत्येक वर्ष जिल्ला विकास समिति ३ ठाऊमा सार्वसुनुवाई गदै आएको र यो वर्ष सार्वजनिक सुनुवाईको कार्यक्रम भएको वताए । उनले भने – जिल्लामा भएका कामहरुका समिक्षा र आगामी दिनमा गर्नु पर्ने काममा जनताको सुझाव लिन सार्वजनिक सुनुवाई कायृक्रम आयोजना गरिएको हो । स्थानीय शिवप्रसाद केसीले लेखपोखरा गाऊ विकास समिति कृषि, प्राकृतिक स्रोत साधन र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भए यसको विकासकालागि कार्यक्रम ल्याऊन माग गरेका थिए । यस्तै लेखपोखरा वाल सञ्जालका सचिव पुष्पराज केसीले लक्षित वर्गको वजेट नियम अनुसार सोहि वर्गका लागि खर्च गर्न स्थानीय निकायलाई आग्रह गरे । उनले भने– वालवालिका क्षेत्रमा अझै पनि कार्यक्रमहरु सञ्चालन हुन सकेको छैन् । वालविवाह जिल्लामा वढ्दो देखिएको छ । यसको न्यूनिकरणका लागि गाऊ गाऊमा जनचेतना मूलक कार्यक्रम सञ्चालन गरिनु पर्दछ । कार्यक्रममा प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर हेमराज शर्मा, जिल्ला विकास समितिका लेखा अधिकृत रुकवहादुर भण्डारी,नेपाली काँग्रेसका शिव केसी, नेकपा एमालेका गोविन्द केसी, एकिकृत नेकपा माओवादीका राधा शर्मा लगायत स्थानीयहरुको उल्लेख्य सहभागिता रहेको थियो । लेखपोखरा गाऊ विकास समितिका गाविस सचिव लोकवहादुर केसीको अध्यक्षतामा सम्पनन कार्यक्रम सञ्चालन जिल्ला विकास समितिका नायवसुब्बा जीवराज केसीले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप