शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोलिदेखि उपत्यकामा मेट्रो बस सञ्चालन हुने, निःशुल्क वाइफाइको सुविधा

आइतबार, ३० फागुन २०७२, २२ : ५९
आइतबार, ३० फागुन २०७२
काठमाडौँ– काठमाडौँ उपत्यकामा यात्रीलाई सहज आवागमनका लागि सेवा उपलब्ध गराउने उद्देश्यले भोलिदेखि राजधानीमा मेट्रो बस सञ्चालनमा आउने भएको छ । बस सञ्चालन गर्ने महानगर यातायात प्रालिले आयोजना गरेको कार्यक्रममा सुविधासम्पन्न मेट्रो बसको उद्घाटन उद्योगमन्त्री सोमप्रसाद पाण्डेले आज गरे । बसको उद्घाटन गर्दै मन्त्री पाण्डेले उपत्यकामा यस्ता बसको आवश्यकता रहेको भन्दै सरकारको तर्फबाट सक्दो सहयोग गर्ने विश्वास दिलाए । बस कहाँ आइपुग्दैछ भनेर यात्रुले बस चढ्नका लागि एप्स हेरेर बस आउने समय पत्ता लगाई बस स्टपमा जान सकिने हुँदा लामो समय खर्च गर्न नपर्ने प्रालिले बताएको छ । प्रालिका अनुसार आज उद्घाटन गरेको बस यात्रुले भोलिदेखि प्रयोग गर्न पाउनेछन् भने ३९ वटा बसका लागि प्रालिले रु १६ करोडको लगानी गरेको पनि जानकारी गराएको छ । उक्त सेवाकालागि ३९ वटा बसको आज उद्घाटन गरिएको हो । बसले चक्रपथको परिक्रमा गर्नेछ । बसमा यात्रुले निःशुल्क वाइफाइ प्रयोग गर्दै टेलिभिजन हेर्न पाउनेछन् । बस सञ्चालनमा आएपछि यात्रुलाई सहज हुनुका साथै साना यातायातको साधनबाट हुने ट्राफिक जाम पनि कम हुने प्रालिका उपाध्यक्ष सन्तोष खतिवडाले जानकारी दिए । उपाध्यक्षका अनुसार काठमाडौँ उपत्यकामा राम्रोसँग बस सञ्चालन गर्नसकेमा उपत्यका बाहिर पनि उक्त बस सेवा विस्तार गर्न सकिने बताइएको छ । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप