शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

होटल ग्राण्डका सबै कोठा सार्कका पाहुनालाई, सबैलाई घुमाउन एकै रंगका गाडी

सोमबार, ०१ चैत २०७२, १२ : ०१
सोमबार, ०१ चैत २०७२

पोखरा – दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) विदेश मन्त्री स्तरीय बैंठकको लागि कार्यक्रम स्थल होटल पोखरा ग्राण्डका सबै रुम बुक भएका छन् । पाँच तारे होटलमा रहेका सबै कोठा सार्कका पाहुनाको लागि बुकिङ भएका छन् । होटलमा रहेका सबै हलमा बैंठक तय भएका छन् । होटलको १० वटा स्विट रुम र एक सय ३० वटा डिलक्स रुम बैंठकमा सहभागिको लागि बुकिङ भएका हुन् । बैंठकमा सहभागि हुने सार्क सदस्य मुलुकका विदेशमन्त्री, सचिव, सहसचिव तथा राजदुतहरु सबै ग्राण्डमानै बस्नेछन् । सोमवारबाट सहसचिव स्तरीय कार्यक्रम समितिको बैंठक सुरु भएपनि मंगलवार देखि विहिवारसम्म अन्य कुनैपनि पाहुना होटलमा रहने छैनन् । बैंठकमा सहभागि पाहुनाको रोजाइ अनुसारको खानाको लागि छुट्टै मेनु पनि तयार गरिएको छ । होटलले यो वैंठककै लागि झण्डै ५० लाख रुपैया लगानी गरी सुविधा विस्तार गर्नुको साथै पूर्वाधार थप गरेको छ । यसअघि ८ वटा स्विट रुम रहेको होटलमा १० लाख खर्चिएर दुई वटा स्विट रुम थप गरिएको होटलका कम्पनी सक्रेटरी चिरञ्जिवी आचार्यले बताए । त्यस्तै होटलको गेट सहित पार्किङ क्षेत्रमा १५ लाख रुपैया खर्चिएर पिच गरिएको छ । होटलको रंगरोगन सहित बैंठक सञ्चालन हुने हलमा नयाँ कार्पेट विच्याइएको छ । परराष्ट्र मन्त्रालयको सुझावको आधारमा एउटै रंग र कम्पनीको ९ वटा माइक्रो र ९ वटा कार तयार पारिएको छ । राजधानी वाहिर पहिलो पटक आयोजना गरिएको अन्तराष्ट्रिय बैंठक आफ्नो होटलमा गर्न पाउदा निकै खुसी भएको आचार्यले बताए । बैंठक तयारीको लागि अहिले गरिएको खर्चलाई विजनेस प्रमोशनको रुपमा लिएको उनले बताए । स्रोतका अनुसार बैंठकमा सहभागि हुन आएका पाहुँनालाई सकेसम्म पोखराका धेरै पर्यटकिय स्थल घुमाउने तयारी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप