प्रचण्डद्वारा साढे दुई करोड लागतको कमला पूर्वी नहर उद्घाटन
काठमाडौ–एकीकृत एकीकृत नेकपा (माओवादी) का अध्यक्ष प्रचण्डले कमला पूर्वी नहर प्रणालीको बन्दीपुर माईनर नम्बर १ को नहरको आज एक कार्यक्रम बीच उद्घाटन गरेको छ । कमला सिँचाई योजनाअन्तर्गत रहेका बन्दीपुर माइनर नम्बर १ को नहर विस्तार तथा सुदृढीकरण कार्यका लागि उद्घाटन प्रचण्डले गरेका हुन् । प्रचण्डको सिरहा निर्वाचन क्षेत्र अन्तर्गत रहेको सो नहर विस्तार भयो भने ३५० घरधुरी लभान्वित हुने बताइएको छ । सिरहा क्षेत्र नं. ६ बाट निर्वाचित भएपछि अध्यक्ष प्रचण्डले सिँचाई र खानेपानी सुविधा दिने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिबद्धता अनुसार प्रचण्डले आज विहानै सो नहर विस्तार योजनाको उद्घाटन गरेको छ । नहर सञ्चालनमा आएपछि सो क्षेत्रका बडहरामाल, मिर्चैया, खरहा टोल, कालाबन्जर, बेतहा, मरेवा, पे्रमनगर, भेरिया, रमपुरालगायत गाविसका दुई हजार भन्दा जनताहरु सिँचाई सुविधा प्राप्त गर्ने कमला सिँचाई योजनाले जनाएको छ । हालको नहरको लम्बाई २.४ किलोमीटर रहेको छ भने विस्तारीत भएपछि ७.६० किलोमीटर हुनेछ । त्यस्तै हाल सो नहरबाट दुईसय हेक्टर जमिन सिँचित भइरहेको छ भेन विस्तार भएपछि पाँचसय हेक्टर सिँचित हुने आयोजनाले जनाएको छ । नहर विस्तारका लागि कुल लागत दुई करोड ५६ लाख ३१ हजार छसय ४५ रहेको आयोजनाले जनाएको छ । उद्घाटन कार्यक्रममा सिँचाई मन्त्री उमेश यादवको पनि उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण