जुवाडे र डलर भन्दै ठगी गर्नेसहित सातजना पक्राउ
इटहरी - सुनसरीको इटहरी उपमहानगरपालिका–५ स्थित काठ मिलमा जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरीले छ बुक ताससहित रु ९० हजार ५०० नगदसहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इटहरी उपमहानगरपालिका–८ निवासी कैलाश लिम्बुले सञ्चालन गर्दै आएको काठ मिलमा जुवातास खेल्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई जुवा ऐन, २०२० अनुसार आवश्यक कानुनी कारबाही अघि बढाउनका लागि इलाका प्रहरी कार्यालय, इटहरीको हिरासतमा राखिएको प्रहरी नायब उपरीक्षक ओमप्रसाद अधिकारीले आज पत्रकार सम्मेलन गरी जानकारी दिए । यसैगरी विभिन्न व्यक्तिलाई अमेरिकी डलर साटिदिन्छौँ भन्दै ठगी गर्दैै हिँडिरहेको अवस्थामा उदयपुरका दीपक मगर र रामबहादुर मगरलाई इलाका प्रहरी कार्यालय इटहरीले ४१ अमेरिकी डलर र रु एक लाख ४२ हजार ५०० नगद तथा बा२९प २३७ नं को मोटरसाइकलसहित पक्राउ गरेको छ । उनीहरुले झापा गौरादह–९ बस्ने २४ वर्षीय गणेश राई र इलाम फइतप्पा–५ बस्ने २५ वर्षीय दिलीप खनालसँग एक लाख ५० हजार रुपैयाँ नक्कली अमेरिकी डलरसँग साटेर फरार हुने क्रममा पक्राउ गरिएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण