शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबीच विद्युतीय भुक्तानी सम्झौता

सोमबार, ०१ चैत २०७२, १२ : १०
सोमबार, ०१ चैत २०७२

काठमाडौं – रेमिट्यान्स कम्पनी सिटी एक्सप्रेस मनी ट्रान्सफर र बैंक वित्तीय संस्थाहरुलाई अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीमा आवद्ध भएको छ । सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड बीच अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सम्बन्धी सम्झौता भएको हो । सम्झौतापछि विदेशबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्पmत पठाईएको रेमिटान्स विद्युतीय भुक्तानी प्रणालीद्वारा सेवा ग्राहीको नेपाल स्थित बैंकहरुमा रहेको खातामा छिटो एवं सरल तरिकावाट जम्मा हुने हुँदा आवस्यकतानुसार चेक मार्फत भुक्तानी लिन सक्ने भएका छन् । यसरी अन्तर बैंक विद्युतीय भुक्तानी प्रणालीद्वारा कारोवार गर्दा सेवाग्राहीका नेपाल स्थित बैंकहरुमा रहेका निजहरुको खातामा सिष्टमद्वारा नै रकम जम्मा हुने हुँदा आफन्तले विदेशवाट पठाएको रकम छिटो एवं सरल तरिकावाट भुक्तानी लिन सक्ने कम्पनीले जनाएको छ । उक्त सम्झौता पत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका तर्पmबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । ९ वर्ष अघिदेखि विदेशबाट सुरक्षित र भरपर्दो तरिकाले रेमिट्यान्स भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापानबाट आफ्नै कार्यालयमार्पmत् तथा अमेरिका, साउदी अरब, कतार, मलेसिया, यूएई, बेलायत, जोडर्न, इराक लगायत नेपाली कार्यरत सबैजसो मुलुकहरूबाट विभिन्न रेमिट्यान्स कम्पनीहरूसँग सहकार्य गरी नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको छ । पछिल्ला दिनमा सञ्जाल विस्तारलाई तीब्रता दिएको सिटी एक्सप्रेस मनी ट्रान्सफरले देशका अधिकांश ‘क’ वर्गका बैंक, विकास बैंक, फाइनान्स कम्पनी लगायतसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौता गरेको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका करिब ४ हजार भन्दा बढी आधिकारिक सव– प्रतिनिधीहरु मार्फत भुक्तानी दिँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप