चीनसँग लिपुलेकका बारेमा प्रष्ट धारणा राख्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र
काठमाडौँ - नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले प्रधानमन्त्रीको चीन भ्रमणका बेलामा लिपुलेकका बारेमा प्रष्ट धारणा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।
अनेरास्ववियुका अध्यक्ष नवीना लामासहितको प्रतिनिधिमण्डल प्रधानमन्त्री निवास पुगेर नेपाली भूमिमा भारत र चीनले विगतमा गरेको सम्झौताबारे चीन सरकारलाई नेपालको धारणा राख्न प्रधानमन्त्री ओलीलाई आग्रह गरेको हो ।
त्यसैगरी स्ववियु निर्वाचन, विराट पेट्रोलियम कम्पनीलाई बढी मूल्यमा पेट्रोलियम पदार्थ आयात गर्न दिएको अनुमति खारेजीको माग र कालोबजारीलाई नियन्त्रण गर्न सशक्त कारबाहीको मागसमेत सङ्गठनले गरेको छ ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा सरोकार राखेर सङ्गठनले उठाएको मागप्रति एक्यबद्धता व्यक्त गर्दै कालोबजारीको बीउसमेत नरहने गरी त्यसलाई नियन्त्रणका लागि कर्मचारी संयन्त्रलाई निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको भेटमा सहभागी सङ्गठनका उपाध्यक्ष महेश बर्तौलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण