एक्कासि झाडावान्ता भएपछि शेखर कोइराला अस्पतालमा भर्ना
सोमबार, ०१ चैत २०७२, १३ : ५९
काठमाडौँ - नेपाली काँग्रेसका नेता डा शेखर कोइराला अकस्मात् बिरामी भएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
गएराति चिटचिट पसिना, कमजोर र एक्कासि झाडावान्ता भएपछि आज बिहान नर्भिक अस्पताल भर्ना गरिएको कोइरालाका सहयोगी दिनेशचन्द्र थपलियाले जानकारी दिए ।
उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशाङ्क कोइराला, नेत्री सुजाता कोइराला, नेता बलबहादुर केसीलगायत अस्पताल पुगेका थिए ।
डा कोइरालालाई डा मधु घिमिरेको टोलीले उपचार गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदर्शनको सुरुवातमा ‘गौँथली’लाई कस्तो रह्यो दर्शकको साथ र प्रतिक्रिया ?
-
शैलेश्वरी कोटीहवन महायज्ञ : धार्मिक परम्परा, संरक्षण र साझा दायित्व
-
शनिबार र आइतबार धेरै भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
देशका २५ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
‘लज्जावती’को पहिलो गीत 'दिलको मोटर' सार्वजनिक
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण